के भन्छन अष्ट्रेलियाका प्रधानमंत्री विद्यार्थी र भिजिटरका बारेमा ?

आज ३ अप्रिल शुक्रबारका दिन आफ्नो नियमित पत्रकारहरु संगको भेटघाटमा अष्ट्रेलियाका प्रधानमन्त्रि स्कट मोरिशनले विद्यार्थी र भिजिटर भिषामा रहेका मानिसहरुका बारेमा मुख खोलेका छन् । प्रधानमन्त्रीले अपरान्ह १.४० मा पर्लियामेन्ट हाउस स्थित प्रधानमन्त्री कार्यालयको प्रांगणमा आयोजित पत्रकार भेटघाटमा उपस्थित पत्रकारहरु ले सोधेको प्रश्नको जवाफ दिदै विद्यार्थी र पर्यटकहरु लाई प्रदान गर्ने सहयोगका बारेमा सरकारको धराणा स्पष्ट पारेका हुन् ।
“यो संकटको घडीमा यदि कोहि टुरिष्ट अष्ट्रेलियामा छन् भने उंहाहरु आफ्नो देश फर्कने तर्फ सोच्नु उचित हुनेछ”, उनले भने । सबै राहत तथा उद्धारका उपायहरु अष्ट्रेलिया र अष्ट्रेलियनहरुका लागि अपनाइएको हो । त्यसै गरि इन्टरनेशनल स्टुडेन्टहरुका सवालमा पनि उनले सरकारको धारणा प्रष्ट पारे । “एक बर्षको लागि सम्पूर्ण खर्चको व्यवस्था गर्नु बिधार्थी भिषाको मापदण्ड अन्तर्गत पर्दछ र यो अब्यबहारिक छैन” भन्दै यस बारेमा इमिग्रेशन मिनिष्टरले केहि दिन भित्र आफ्नो योजना राख्ने संकेत दिए ।
अष्ट्रेलिया सरकारले करिब ३०० बिलियन डलर भन्दा बढीको राहत तथा सहयोग प्याकेज घोषणा गरिसकेको छ । उक्त सहयोग प्याकेजमा लक्डाउनको मारमा परि बेरोजगार बनेका विद्यार्थीहरु लाई पनि समेट्नु पर्छ भन्दै अष्ट्रेलिया स्थित नेपाली संघहरुको फेडेरेसन “फेन्का”, माइग्रेशन एजेन्टहरुको एलाइन्स “एका” ले सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
यता एनआरएनए अष्ट्रेलियाले सुरुका दिनदेखि नै आफ्नो सबै संजाललाई विद्यार्थीहरुको सहयोगमा जुट्न परिचालन गरेको छ । बिधार्थी कल्याणकारी कोषमा जम्मा भएको रकम समेत कोरोनभाइरस् संक्रिमित र आइसोलेशनमा रहेका विद्यार्थीहरुको सहयोगमा खर्च गरेको बुझिएको छ ।
प्रधानमन्त्रीको आजको भनाइले नेपाली विद्यार्थीहरुको सहयोगमा एनआरएनए, नेपाली दूताबास, महाबाणिज्य दुतहरु लगाएत सम्पूर्ण नेपाली सामुदायिक संघ संस्थाहरु माथि अरु जिम्मेवारी थपिएको प्रष्ट भएको छ ।

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...

मेलबर्न, अष्ट्रेलिया । १५ बर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले...

काठमाडौं– चैत्र कृष्ण औंशीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइन्छ । यस पटक...

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

आफ्ना छोरा–छोरीले युट्युबमा के–के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी...

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...