नेपालमा बढ्न थाले कोरोना संक्रमित, आजै थपिए २६६

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र २३, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै उक्त कुरा बताउनु भएको हो ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमित निको भएका छन् ।

योसँगै दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा दुई जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा तीनहजार ३६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।