नेफ्टाको मनोनयन

नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १० औं संस्करणको एलआइसी नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । अवार्डको महत्वपूर्ण उत्कृष्ट निर्देशकको विधामा नरेश कुमार केसी (रोमियो एण्ड मुना), दिनेश राउत (प्रसाद), सुदर्शन थापा (रामकहानी), दीपाश्री निरौला (छक्का पञ्जा–३) तथा झरना थापा (ए मेरो हजुर–३) मनोनित छन् । ३१ विधामा वितरण गरिने नेफ्टा अवार्डको मनोनयनमा उत्कृष्ट अभिनेताको विधामा दुई फिल्महरु प्रसाद तथा हरीबाट विपिन कार्की, रोमियो एन्ड मुनाबाट बिनय श्रेष्ठ, डमरुको डन्डिबियोबाट खगेन्द्र लामिछाने तथा ए मेरो हजुर–३ बाट अनमोल केसी परेका छन् । उत्कृष्ट नायिकाको विधामा प्रसाद बाट नम्रता श्रेष्ठ, रोमियो एन्ड मुनाबाट सृष्टि श्रेष्ठ, साइँलीबाट मेनुका प्रधान, रामकहानीबाट पूजा शर्मा तथा छक्का पञ्जा–३ बाट दीपिका प्रसाईंबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी मार्च १३ का वितरण गरिने उक्त अवार्डको उत्कृष्ट फिल्मतर्फ प्रसाद, रोमियो एन्ड मुना, हरी, कथा काठमाडौं तथा छक्का पञ्जा–३ बीच प्रतिस्पर्धा हुनेछ । नेफ्टा अवार्डको मनोनयनमा प्रसाद सर्वाधिक १३ विधामा परेको छ भने ए मेरो हजुर–३ ११ वटामा मनोति छ । यसैगरी छक्का पञ्जा–३ १० तथा हरी ८ विधामा मनोनित भएका छन् । नेफ्टा अवार्डको दशौं संस्करण होटल सोल्टीमा आयोजना हुनेछ ।

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...

मेलबर्न, अष्ट्रेलिया । १५ बर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले...

काठमाडौं– चैत्र कृष्ण औंशीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइन्छ । यस पटक...

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

आफ्ना छोरा–छोरीले युट्युबमा के–के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी...

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...