पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अबैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ । भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । अबैध यस्तो मदिरा स्थानीय बजारमा प्रति लिटर भारु १० मै पाइने गरेको छ । प्रहरीका अनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ । यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले आशंका गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको संख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ । पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताउनु भएको छ । उहााले अबैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताउनु भएको छ ।

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...

मेलबर्न, अष्ट्रेलिया । १५ बर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले...

काठमाडौं– चैत्र कृष्ण औंशीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइन्छ । यस पटक...

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

आफ्ना छोरा–छोरीले युट्युबमा के–के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी...

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...