१५६ सङ्क्रमित थपिँदा ७० कोरोनामुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७

काठमाडौं- नेपालमा कोरोनाभाइरसका १५६ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ७० जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७२ हजार ३४२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमण निको हुने दर ९८.४ प्रतिशत छ ।

मन्त्रालयका अनुसार हाल एक हजार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५२ जना हाल क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजा २४ जना सङ्क्रमितले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।