अणुको विष्फोटनबाट पदार्थ छेद–विच्छेद हुन पुग्दछ !अंहकारको विष्फोटबाट आत्मा प्रकट हुन पुग्दछ !!आत्मा जान्नासाथ स्वयं परमात्मामय हुन पुगिन्छ !!!

-- उत्तम राज पण्डित - प्राणायाम एवं ध्यानका रहस्यबादी मित्र / प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०७७

विज्ञानको भाषामा पदार्थको शूक्ष्म अवस्थालाई अणु भनिन्छ । अणुलाई पनि टुक्राउन सकियो । टुक्रिएको अणु तीन कार्य गरेको पाइयो । जसलाई इलोक्ट्रोन, प्रोटोन एवं न्यूट्रोनको नाम दिइयो । यसलाई पदार्थको शूक्ष्म अवस्था भनिन्छ । यो शुक्ष्म अवस्थामा अति ठूलो शक्ति छ । पदार्थको शूक्ष्म अवस्थालाई विष्फोटनले छेद–विच्छेद हुन पुग्दछ । यसरी शूक्ष्ममा अशूक्ष्म शक्ति लुकेको हुन्छ । ठीक यसरी नै अंहकारलाई विष्फोटन गर्न जानेमा स्वयं भित्रको आत्मा प्रकट हुन पुग्दछ । अंहकारलाई विष्फोटन गर्नको लागि सत्संग, त्राटक, एकाग्र एवं ध्यानका साधनाहरू निरन्तर गरिराखेमा कुनै न कुनै क्षण अथवा कुनै न कुनै जन्ममा अंहकारको विष्फोटन हुन पुग्दछ । अंहकारको विष्फोटन हुनासाथ विचारहरू एवं मनको मृत्यु हुन्छ । यही अवस्थामा स्वयं भित्रको आत्मा प्रकट हुन पुग्दछ । जवसम्म भित्रको आत्मालाई जानिन्छ तव स्वयं परमात्ममय हुन पुगिन्छ । यस अवस्थामा हर परिस्थितिबाट अप्रभावित हुन पुगिन्छ । होस जागृत भइराख्दछ । यही अवस्थामा सम्पूर्ण समस्याहरूको समाधान भएको अवस्था नै परमात्मामय अवस्था हो ।

 

यही दूर्भाग्य पनि सौभाग्य पनि

स्वयं भित्र लुकेर बसेको चेतनको खोजको यात्रा आकाश तर्फको यात्रा जस्तै हो । यस यात्रामा कुनै पराजित बाटो छैन, कुनै चिन्ह छैन त्यसैले हरेकले आफ्नो यात्राको बाटो आफैले बनाउनु पर्दछ । यस यात्राको लागि अरु कसैले साथ दिन सक्दैन । यो एक्लै गरिने अन्धकार तर्फको यात्रा हो । यही नै दूर्भाग्य एवं सौभाग्य दुवै हो । जहाँ कुनै बाटो छैन, कुनै चिन्ह छैन यो एक दूर्भाग्य हो भने सौभाग्य यसकारण कि यही स्वयं भित्रकौ चैतन्यलाई जान्न हिसाबको जस्तो, विज्ञानको जस्तो, कुनै सुत्र भएको भए त्यो चेतना नै हुने थिएन । त्यो पनि एक पदार्थ नै हुने थियो, एक यन्त्र वा कम्यूटर नै हुने थियो, एक इन्टरनेट नै हुने थियो । यही नै यसको सौभाग्य हो । सम्पूर्ण हिसाब किताब, सारा सुत्रहरू, सारा यन्त्रहरू एवं इन्टरनेटबाट पार भएपछि नै ऊ…….प्रकट हुन पुग्दछ ।

 

कर्म, कल्पना एवं विचार

कर्म शक्ति, कल्पना शक्ति एवं विचार शक्तिको सहाराबाट नै अविनासीको खोज सम्भब छ । यी यात्राहरू हुन । किनारमा पुगेपछि यात्राका साधनहरू स्वतः छुट्न पुग्दछन् । यात्राका साथहरू नछुटेसम्म किनारमा पुगेको छैन भनेर जान्नु पर्दछ । कर्म शक्ति, कल्पना शक्ति एवं विचार शक्ति विधिहरू हुन् र सारा विधिहरू मन कै खेल हुन् । विधिहरू मन एवं विचारबाट पार भएको अवस्था होइन । मनको पहिलो परिधि कर्म हो । शारिरीक आवश्यकता पूरा गर्नको लागि कर्म मान्छे, पशु पंछी एवं वनस्पतिहरूले पनि गर्दछन् । तर अविनासीको खोजको कर्म मान्छेले मात्र गर्दछ जसलाई कर्मकाण्ड पनि भनिन्छ । जस अन्तर्गत पूजा, पाठ, जप, योग, ध्यान आदि पर्दछन् । यिनीहरू धार्मिक कर्म हुन् । कर्ममा मन जीवित नै हुन्छ र मन हुँदासम्म सत्यलाई जान्न असम्भव छ । उसलाई जान्न क्रियाबाट अक्रियामा पुग्नु पर्दछ । किनकी सारा क्रियाहरू बहिरमुखी हुन् । विचार शक्तिलाई ज्ञानयोग पनि भनिन्छ । जुन क्रियाहरूलाई योग भनिन्छ । हरेक क्रिया खण्ड खण्डहरूमा हुन्छ । यही कारण खण्डबाट अखण्डलाई जान्न स्वयं अखण्ड हुनु पर्दछ । खण्ड खण्डको जोडबाट पनि अखण्डलाई जान्न सकिदैन किनकी सम्पूर्ण खण्डहरूलाई जान्न असम्भव छ । खण्डहरूबाट मुक्त भएपछि मात्र स्वतः अखण्डलाई जान्न पुगिन्छ । जोडबाट बनेको अखण्ड हुन सक्दैन किनकी त्यहाँ खण्ड जीवित नै हुन्छ । खण्डबाट पार भएपछि नै अखण्ड प्रकट हुन्छ । क्रिया कल्पना एवं विचार सबै खण्डहरू नै हुन् त्यसैले क्रियाबाट, कल्पनाबाट, विचारबाट अखण्डलाई जान्न सकिदैन । न त मनबाट नै । खण्डको प्रक्रिया नै मन हो र मन नै बाधक हो जसको कारण स्वयंलाई जान्न सकिदैन ।

 

मन सहयोगी एवं अवरोध दुवै

स्वयं भित्र लुकेर बसेको कहिल्यै बेहोस नहुने एवं कहिल्यै परिवर्तन नहुने अविनासीको खोजको लागि मन, विचार, क्रिया एवं कल्पना शक्ति त चाहिन्छ । यिनीहरू ढुङ्गा हुन् र किनारमा पुगेपछि यिनीहरू स्वतः छुट्दछन् । यी सबैबाट मुक्त भएपछि नै स्वयं भित्रको सत्चित प्रकट हुन्छ । यही सत एवं चितलाई जान्ना साथ आनन्द प्रकट हुन्छ । यही आनन्दलाई नै स्थायी खुसी भनिन्छ । मनको माध्यमद्धारा यात्रा गरिन्छ र मनबाट मुक्त भएपछि जानिन्छ । यही कारण मन सहयोेगी एवं अवरोध दुवै हो । खोजको लागि मन चाहिन्छ र जानेपछि मनबाट मुक्त भइन्छ । सम्पूर्ण मार्ग एवं विधिहरू मन कै खेल हो त्यसैले सारा मार्गहरू एवं विधिहरूबाट पार नभएसम्म अविनासी एवं कहिल्यै बेहोस नहुनेलाई जान्न असम्भव छ । मार्गलाई प्रयोग गर्दै मार्ग विहिन अवस्थामा पुगेपछि नै सत्यको स्वाद प्रकट हुन्छ । स्वद प्रकट भएको व्यक्ति सदा ताजा हुन्छ तर अक्षरहरू सदा उही नै हुन्छन् । अर्थात शब्द सदा वारी नै हुन्छन् तर ताजा व्यक्तिले बोलेको बासी शब्दहरू पनि ताजा नै हुन पुग्दछन् । त्यसैले खेल स्वादको हो, होसको हो ………..। मन एक यन्त्र हो तर चेतना यन्त्रबाट अलग छ, पार छ । त्यसैले धर्म उसैमा प्रकट हुन्छ जो सबै सहाराहरूलाई छोडेर बेसाहाराको साधना गर्दछ । सबैबाट पार भएपछि स्वादको जलस्रोत फेला पर्दछ र त्यहीबाट सबै चिजको जन्म हुन्छ । चेतनाको जलस्रोतलाई ब्रह्म भनिन्छ भने त्यहीबाट निस्किएको जललाई ब्रह्माण्ड भनिन्छ । मनको माद्यमद्धारा ब्रह्माण्डलाई जानिन्छ भने मनबाट मुक्त भएपछि ब्रह्मको बोध हुन्छ । मनबाट शरीरलाई जानिन्छ भने मनबाट पार भएपछि शरीर दाना लाई जान्न पुगिन्छ । त्यसैले मन चाहिन्छ र मनबाट मुक्त हुन पनि पर्दछ । मन सहयोगी एवं अवरोधी दुवै हो ।

 

धार्मिक सपना

धार्मिक सम्बन्धका सबै कल्पनाहरू धार्मिक सपनाहरू नै हुन् । सपनाको सहाराबाट सत्यलाई जान्न सकिदैन । सपनाहरूबाट जाग्नुलाई विपना भनिन्छ भने विपनाबाट पनि जाग्न सकेमा सत्य प्रकट हुन्छ । सपनाहरूले निन्द्रालाई टुट्न दिंदैनन् । धार्मिक कल्पनालाई नै भक्ति भनिन्छ । जुन यात्राको लागि उपयोगी छ तर धर्मलाई जान्न यसबाट मुक्त हुनै पर्दछ । कल्पनाको भगवान भ्रममात्र हो । कल्पनालाई अज्ञातको खोज तर्फ लगाउनुलाई भक्ति भनिन्छ सही भगवानलाई जान्न स्वयंलाई मेटाउनु पर्दछ भने । नक्कली भगवान तर्फ जाँदा स्वयंले भगवानलाई बनाउनु पर्दछ । काल्पनिक भगवानको श्रीजना नै भक्ति हो । प्यारा सपनाहरू हुन्छन्, सुखद सपनाहरू हुन्छन् तर कल्पनाको भगवान नक्कली भगवान हो । सपनाको सुख टुट्दछ र टुट्नासाथ मन बढी दुःख प्रकट हुन्छ । भक्त सुख र दुःखको पीडामा परिरहन्छ । भक्तिबाट, कर्मबाट, ज्ञानबाट पार भएपछि नै अद्देतको जन्म हुन्छ । अद्देतको स्वाद नजानेसम्म धार्मिक सपनाहरू कायम नै रहिरहन्छन् । स्वयंबाट बनाइएका व्यवस्थित सपनाहरू नै धार्मिक सपनाहरू हुन् । धार्मिक सपनाहरू हुँदासम्म सहि धर्म प्रकट हुँदैन ।