अन्तर्राष्ट्रिय विद्यार्थीका सम्बन्धमा अष्ट्रेलिया सरकारको पछिल्ला केहि महत्वपूर्ण निर्णयहरु !

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन ५, २०७७
अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलिया एउटा महत्वपूर्ण गन्तब्यको रुपमा रहिरहोस भन्ने चाहन्छ । यही उद्द्श्यले विद्यार्थीहरुका लागि प्रदान गरिने भिसा र वर्क परमिट सम्बन्धि केहि महत्वपूर्ण सुबिधाहरु प्रदान गर्ने निर्णय गरेको छ।
देशको चौथो ठुलो आम्दानीको श्रोतको रुपमा अन्तर्राष्ट्रिय विद्यार्थी सेक्टरलाइ लिईएको छ। यो सेक्टरले अर्थतन्त्रमा करिब ४० बिलियन अष्ट्रेलियन डलर योगदान गरेको छ भने करिब २ लाख पचास हजारले देशको रोजगारी क्षेत्रमा योगदान पुर्याईरहेको छ ।
अष्ट्रेलियाले कोभिड-१९ बाट मुक्ति पाउना साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नो अध्ययन सुचारु रुपले संचालन गर्न सकुन भन्नेमा अष्ट्रेलिया सरकार सम्बेदनशील देखिएको ले पनि यो भिषा सम्बन्धि नया व्यवस्था गरिएको हो ।
आज, २० जुलाई सोमबारका दिन अष्ट्रेलियाका शिक्षा मन्त्रि डान टेहान र कार्यबाहक अध्यागमन तथा नागरिकता सम्बन्धि मन्त्रि एलान टज द्वारा प्रेषित सयुक्त प्रेस  बिज्ञप्तिमा उक्त सुबिधा हरुको घोषणा गरेका हुन् ।
अष्ट्रेलियामा अध्ययन गर्ने वा गर्न चाहने विद्यार्थीहरु कोरोना भाइरसका कारणले मर्कामा नपरुन र अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि एउटा छनौटको गन्तब्य बनिरहोस भन्ने अभिप्रायले सरकारले विद्यार्थीहरुका पक्षमा भिषा सम्बन्धि निम्न व्यवस्थाहरु गरेको छ :
१  अफशोर लोकेशन हरुबाट विद्यार्थी हरुलाई भिषा प्रदान गर्न सुरुगर्ने जसले गर्दा बोर्डरहरु खुला हुनासाथ विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गरि आफ्नो अध्ययन सुरु गर्न सकुन।
२   कोभिड-१९ का कारण अन्तराष्ट्रिय विद्यार्थीहरुले आफ्नो कोर्स समयमा पूरा गर्न नसकेको खण्डमा निशुल्क भिषा थपको सुबिधा पाउने छन् ।
३    कोभिड-१९ का कारणले हाल अष्ट्रेलिया बाहिरै बसी अनलाइन क्लास लिएका विद्यार्थीहरुले पनि अष्ट्रेलियन अध्ययनको मापदण्ड पुरा गरेको मान्यता दिदै पोस्ट-स्टडी वर्क परमिट प्राप्त गर्न सक्ने छन्।
४   आफ्नो अध्ययन पुरा गरि कोभिड-१९ का कारण अष्ट्रेलिया बाहिर रोकिएका विद्यार्थी भिषा बाहकहरुले पनि पोस्ट स्टडी वर्क भिषाको लागि आवेदन भर्न सक्ने छन्।
५    भिषा आवेदन गर्दा English Language को  result बुझाउनु पर्ने र  कोभिड-१९ का कारणले ढिला हुन गएको अवस्थामा विद्यार्थीहरुले अतिरिक्त समय पाउने छन्।
उपरोक्त परिवर्तनहरुले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हक हित प्रति अष्ट्रेलिया सरकार संबेदनशिल रहेको अश्वस्त गराउन चाहेको देखिन्छ । त्यसैगरि अष्ट्रेलिया अध्ययन प्रति बिद्यार्थी हरुमा सरकार प्रतिको भरोशा र आत्मविश्वास बढ्ने बिश्वास सरकारले लिएको छ । यस अघि पनि सरकारले स्वास्थ्य सेवा क्षेत्रमा काम गर्ने विद्यार्थीहरुको काम गर्ने समय अवधिमा छुटको घोषणा गरेको थियो ।