अभिनेत्री सुपुष्पाको इन्गेज्मेन्ट

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७, २०७८

अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम काडेल इन्गेज्मेन्ट गरेकी छन् । पारिवारिक जमघटबीचमा यी दुईको हालै टिकाटालो भएको हो । वैशाख १७ गते इन्गेज्मेन्ट तयारी रहेको भए पनि काठमाडौंमा भएको लकडाउनका कारण दुई दिनअघि नै गर्नु परेको बताइएको छ । करिव छ महिनायता प्रेममा रहेका यी दुई छिट्टै नै विवाह गर्ने तयारीमा रहेका छन् । फिल्म ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री सुपुष्पा अभिनित फिल्म ‘छ माया छपक्कै’ लाई दर्शकले मन पराएका थिए । त्यस्तै उनका प्रेमी रौनकले पुरानो ढुङ्गा र मिस्टर झोले फिल्म निर्माण गरेका छन् ।