अमेजनको जंगल फेसबुकमार्फत बिक्री
ब्राजिलको अमेजन जंगलका विभिन्न भागहरु अवैध रुपमा फेसबुकमार्फत खरिद बिक्री भैरहेको खुलासा भएको छ । बीबीसीका अनुसार राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानूनी रुपमा फेसबुकमा बिक्री भइरहेको हो । फेसबुकको वर्गीकृत विज्ञापन सेवामा बिक्रीका लागि राखिएका कतिपय प्लटहरु १ हजार वटा फुटबल मैदान बराबर ठूलासमेत रहेका छन् । आफ्नो प्लेटफर्ममार्फत विश्वकै निकै महत्वपूर्ण जंगलको अवैध कारोबार भैरहेको खुलासा भएसंगै फेसबुकले उक्त कार्य रोक्नका लागि स्थानीय अधिकारीहरुसंग सहकार्य गर्ने जनाएको छ । तर फेसबुकको प्लेटर्फममा भैरहेको अवैध व्यापार रोक्नका लागि आफैंले स्वतन्त्र रुपमा कुनै कदम चाल्ने बारेमा खुलाएको छैन । फेसबुकका अनुसार उसको व्यापारिक नीतिमा क्रेता र बिक्रेताले अनिवार्य रुपमा कानुन तथा नियमहरुको पालना गर्नै पर्दछ । अमेजन जंगलको अवैध खरिद–बिक्रीबाट प्रभावित आदिवासी समुदायका अगुवाले भने त्यस्तो कार्य रोक्नका लागि कडा कदम चाल्न फेसबुकलाई आग्रह गरेका छन् । अभियानकर्मीहरुले संरक्षित अमेजन जंगलको सोसल मिडियामार्फत भैरहेको अवैध बिक्री रोक्न ब्राजिल सरकार नै इच्छुक नभएको आरोप लगाएका छन् । फेसबुकको मार्केट प्लेसमा गएर ायचभकत, लबतष्खभ वगलनभि, तष्mदभच आदि शब्दलाई पोर्चिगिज भाषामा टाइप गरेर अमेजन जंगल क्षेत्रमा पर्ने कुनै पनि राज्यलाई लोकेसनको रुपमा हालेर सर्च गर्दा अमेजन जंगल बिक्रीमा राखिएका थुप्रै प्लटहरु भेटाउन सकिन्छ । कतिपय प्लटहरुमा त स्याटेलाइट तस्वीर र जीपीएस कोअर्डिनेट समेत दिइएको हुन्छ । यद्यपि यसरी फेसबुकमार्फत जग्गा किन्दा क्रेताले कुनै लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र भने पाउँदैनन् । त्यसैले अवैधरुपमा भैरहेको त्यस्तो खरिदमा संलग्न हुनु भनेको पैसाको बर्बादी बाहेक केही नभएको बताइन्छ । ब्राजिलको अमेजन जंगलमा पछिल्लो १० वर्षमा वन फडानी दर सबैभन्दा उच्च भएको छ । वन तस्करहरुका अनुसार सरकारी निकायबाट कुनै निरीक्षण नहुने भएकाले अमेजनको जंगल क्षेत्र बिक्रीमा कुनै डर छैन । उनीहरु जंगलका रुख काट्ने, आगो लगाउने गरेर ठाउँ खाली बनाउँछन् र तिनै प्लट बिक्रीका लागि फेसबुकमा हाल्दछन् ।
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...