अर्को हप्ता नै अष्ट्रेलियाबाट नेपाल फर्कन पाइने

 PCR वा RDT टेस्ट सम्भब छैन - बिज्ञहरु 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ २९, २०७७
लामो समयको अन्यौलता लाई चिर्दै कोभिड-१९ का कारण बिभिन्न देशमा रोकिएका नेपालीहरु नेपाली फर्कन पाउने समय तालिका नेपाल सरकारले सार्बजनिक गरेको छ ।  जस अनुसार अर्को हप्ताबाट नै अष्ट्रेलियाबाट नेपाल फर्कन चाहने नेपालीहरु प्रथामिकताका आधारमा नेपाल फर्कन पाउनेछन् । आहिलेलाई अष्ट्रेलियाबाट २ वटा चाटर्ड फ्लाईटको समय तालिका सार्बजनिक गरिएको छ, जसमा पहिलो उडान १७ जुन र दोश्रो उडान २२ जुनका दिन हुनेछ । उडान अष्ट्रेलियाको कुन शहरबाट हुने भन्ने जनाकारी हाल सम्म गराइएको छैन ।
अष्ट्रेलियाको लागि नेपाली दुताबास अष्ट्रेलियाले हालै एक प्रेस बिज्ञप्ति जारि गरि उडान सम्बन्धि जानकारी गराएको छ।  बिज्ञप्तिका अनुसार नेपाल सरकारबाट स्वीकृत उक्त  चार्टड उडान नेपाल वायुसेवा निगमको जहाजबाट हुनेछ । उडानमा कम्तिमा ८५ प्रतिशत यात्रु कन्फर्म हुनु पर्ने र उपलब्धता तथा अन्य प्रतिकुल कारणहरुबाट उल्लेखित उडान तालिकामा परिवर्तन हुन सक्ने तर्फ पनि दुताबासले सजग गराएको छ । यसै गरि यात्रु आफैले हवाईभाडा तिर्नु पर्नेछ भने यात्रुहरुले अष्ट्रेलियाबाट PCR वा RDT टेस्ट नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ । नेपाल पुगे पछि भने नेपाल सरकारको नियमानुसार क्वारेन्टिनमा बस्नुपर्नेछ ।
यसै बीच अष्ट्रेलियामा कार्यरत नेपाली मुलका डाक्टरहरु को संस्था Australasian Medical Dental Association (ANMDA) र गैर आबसिय नेपाली संघ अष्ट्रेलिया (NRNAA) ले संयुक्त्त रुपमा नेपाल सरकार प्रधानमन्त्रिको कार्यालयलाई सम्बोधन गर्दै नेपाल सरकार परराष्ट्र मन्त्रि/स्वास्थ मन्त्रि / कोभिड उच्च स्तरिय समिति र नेपाली दुताबास अष्ट्रेलियाको ध्यानआकर्षण गराउंदै PCR वा RDT टेस्ट सम्बन्धमा एक छुट्टै प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ ।  जस अनुसार अष्ट्रेलियामा  हाल PCR  टेस्टमात्र गर्ने गरिएको र उक्त टेस्ट सक्रमणको लक्षण देखिएकाहरू लाई मात्र गर्ने हुदाँ यति ठुलो संख्यामा नेपाल जान चाहनेहरुका लागि निशुल्क वा शुल्क तिरेर पनि PCR  टेस्ट उपलब्ध हुन असम्भब हुने जनाईएको छ ।  यसका बिकल्पको रुपमा  ANMDA ले यस संस्थाले मान्यता दिएको General Practitioner (GP) संग परिक्षण गराई Good Health प्रमाण पत्र उपलब्ध गराउने र ति व्यक्तिहरु लाई उडान अनुमति दिदाँ सुरक्षित नै हुने आफ्नो धारणा सुझाबको रुपमा नेपाल सरकार समक्ष राखेको छ।अष्ट्रेलियाबाट कोभिड-१९ लगभग नियन्त्रण भइ सकेको परिस्थितिमा  ANMDA र  NRNAA ले आफ्ना स्वयंसेवक मार्फत सबै यात्रुहरु को GP संग स्वास्थ जांच गराई Good Health प्रमाण पत्र दिनको लागि सहयोग गर्न तयार रहेको पनि बिज्ञप्तिमा जनाइएको छ।