अर्थतन्त्र बचाउनका लागि ६६ बिलियन डलरको अर्को राहत ! के छ प्याकेजमा ?

बेरोजगार र क्याजुयलहरुलाई पनि सरकारको सहयोग
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ९, २०७६

कोरोना भाइरस महामारी बिरुद्ध अर्थतन्त्रलाई बचाउन अष्ट्रेलिया सरकारले दोश्रो आर्थिक राहत प्याकेज ल्याएको छ । आज आइतबार मार्च २२ का दिन अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशन तथा ट्रेजरर जोश फ्राईडनबर्गले पार्लियामेन्ट हाउस क्यानबेरामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ६६ बिलियन डलर बराबरको दोश्रो सहायता प्याकेजको घोषणा गरेका छन् । स्मरण रहोस् १७ बिलियन डलरको स्टिमुलस प्याकेजको घोषणा सरकारले अघिल्लो हप्ता ल्याइसकेको छ। प्रेस सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिशनले संक्रमित व्यक्तिहरु “सेल्फ आइसोलेशन” को निर्देशन पालन गर्ने, अनावास्यक यात्रा नगर्ने, जमघटमा नजाने जस्ता सरकारी निर्देशनहरुलाई पालन गरि भाइरसलाई अरु फैलनबाट रोक्न सरकारलाई सहयोग गर्न अपिल गरेका छन्।

गत हप्ताको १७  बिलियन, रिजर्व बैंकबाट प्रदान गरिएको १०५ बिलियन र दोश्रो राहत प्याकेज ६६ बिलियन सहित करिब १८९ बिलियन डलर सहयता प्याकेजले कठिन परिस्थितमा ब्यवसाय, कामदारहरु, घरपरिवार तथा पेन्सन तथा बेरोजगारहरुलाई राहत मिल्ने प्रधानमन्त्री मोरिशनले अपेक्षा गरेका छन् । करिब ३० लाख साना तथा मझौला ब्यबसायहरु हाम्रो अर्थतन्त्रका मेरुदण्ड हुन्, उनीहरु समस्यामा पर्दा हाम्रो समग्र अर्थतन्त्रलाई हानी हुने बताउदै  “हामीअष्ट्रेलियन ब्यबसायीहरुलाई निरन्तरता दिन जति सक्दो सहायोग गर्ने प्रयास गरेका छौ । ढिलो चाडो स्थिति सामान्य हुनेछ र अष्ट्रेलियन अर्थतन्त्र र जीवनस्तर माथि उठ्ने छ”, प्रेश सम्मेलनमा प्रम मोरिशनले सबैलाई आस्वस्त पारे। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघिय सरकारका ट्रेजर जोश फ्राईडनबर्गले कुल गार्हस्थ उत्पादनको ९.७ प्रतिशतको यो राहत प्याकेज अर्थतन्त्रलाइ जीवन्त राख्न अभूतपूर्व कार्य भएको

के छ त प्याकेज मा ?                                               

कामदार र घर परिवारलाई कोरोना भाइरस् पुरक सहयता

सरकारले अस्थाई रुपमा नयाँ  र पुराना सेवाग्राहीहरुलाई प्रतिव्यक्ति प्रत्येक दुइ हप्तामा ५५० डलर प्रदान गर्ने छ । यो रकम बेरोजगार, काम खोजिरहेका युवाहरु, बालबच्चा हेर्ने अभिभावकहरु (प्यारेन्टिंग पेयमेन्ट) तथा किशानहरु लाई बिशेष भत्ताको रुपमा प्रदान गर्ने छ । यो रकम हाल सेन्ट्रलिंकबाट पाइरहेको भात्ताको अतिरिक्त सहयोग भएकोले यसलाई कोरोना भाइरस पुरक सहयता भनिएको हो । सरकारले करिब १४ बिलियन बरावरको पुरक भत्ता आगामी ६ महिना सम्म प्रदान गर्नेछ। सरकारले कोरोना भाइरस सहयताका लागि करिपाँच हजार नयाँ  स्टाफहरु पनि परिचालन गर्नेछ । त्यसैगरि गत हप्ता घोषणा गरिएको प्रत्येक २ हप्तामा प्रदान गरिने ७५० डलर सामाजिक सुरक्षा भत्तालाई डबल गरि थप ७५० प्रदान गर्ने छ । सहयता रकमको पहिलो किस्ता मार्च १२ देखि १३ अप्रिल सम्म हुनेछ भने दोश्रो किस्ता १३ जुलाई २०२० देखि गरिने छ। थप सामाजिक सुरक्षा भत्तामा करिब ४ बिलियन खर्च हुने ट्रेजरर जोश फ़्राइडन्बर्गले जनाएका छन् ।

संचय कोषको रकम निकाल्नका लागि अनुमति

कोरोना भाइरसका कारण हुने आर्थिक कठिनाइलाई कम गर्न सरकारले मानिसहरुको संचय कोष (सुपरएनुएसन) बाट कुल २० हजार रकम झिक्ने अनुमति दिने भएको छ  ।  १० हजार यहि आर्थिक बर्ष र बाँकि  १० बर्ष अर्को आर्थिक बर्षमा झिक्न सकिनेछ । यसमा कर लाग्ने छैन र यो रकमले प्रदान गरिदै गरेको सामाजिक सुरक्षा भत्तामा असर पर्ने छैन । रकमका लागि आबेदन सरकारको  myGov अनलाइन पोर्टल मार्फत गर्न सकिनेछ । करिब १.२ बिलियन रकम यसबाट जनतामा जाने सरकारले अनुमान लगाएको छ ।

ब्यबसायीहरु लाई स्टाफहरु कायम राख्न सहयता

अष्ट्रेलियामा साना तथा मझौला ब्यबसायहरु निरन्तर संचालनमा आउन सक्षम होउन, बेरोजगारी दर नबढोस भन्ने भन्ने उद्देश्यले सरकारले करिब २० हजार देखि १ लाख डलर सम्म प्रदान गर्ने भएको छ । यो प्याकेजबाट करिब ७ लाख ब्यबसायीहरु जसले करिब ८० लाख मानिसहरु लाई रोजगार दिएका छन् लाभान्वित हुनेछन् । ३० हजार गैर नाफामुलक संस्थाका तथा च्यारिटी संस्था कर्मचारीहरु पनि यो सहयता प्याकेजबाट लाभान्वित हुने छन भने यी रकम ATO मार्फत प्राप्त हुनेछ। यस चुनौती पूर्ण घडीमा समुदायलाइ सक्दो सहयोग गर्न अष्ट्रेलियन सरकार कटिबद्ध छ । सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरेमा हामि यो संकटको समय पार गर्न सकिने आश्वासन दिदै प्रधानमन्त्री स्कट मोरिशनले सबै संग सहयोगको अपिल गरेका छन् ।