आत्मबिश्वास भएको क्षेत्रमा हात हालियो भने सफल हुन सकिन्छ – कपिल नेपाल
नेपालको पाल्पा जिल्ला हार्थोक जन्मथलो भएका कपिल नेपालको यति बेलाको अष्ट्रेलियाको परिचय एक सफल युवा व्यवसायी हो । आज भन्दा २० बर्ष अगाडि विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका नेपालका अन्य नेपाली विद्यार्थीहरू जस्तै उनका पनि जीबन भोगाइ र सिकाइका फेहरिस्ता छन् । कुनै बेला बिज्ञानका विद्यार्थी कपिल नेपाल नेपालमा रहँदा बायोलोजीमा ब्याचलरसम्मको अध्ययन पूरा गरि मास्टर्स तहको अध्यान गर्दै थिए । १९९९ अष्ट्रेलिया आएसंगै उनको अध्ययनको रोजाईको बिषय बदलियो उनले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटिबाट मास्टर्स अफ इन्फर्मेसन सिस्टमको अध्ययन पूरा गरे । अध्ययन पूरा गरे संगै लामो समय यहाँको नेसनल अष्ट्रेलिया बैंकमा जागिर खाए, आठ बर्षको लामो जागिरका क्रममा उनि उक्त बैंकको ब्रान्च म्यानेजरसम्म बने । श्रीमती एक छोरा र एक छोरी सहित अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका नेपालले जागिरबाट सिकेको लामो अनुभबबाट खरिएर जुलाई २०१२ स्मार्टलाईन मार्फत आबद्द रहेर आफ्नै व्यवसाय सुरु गरे । यहि व्यवसाय मार्फत उनले घर जग्गा किन्न चाहने र अन्य प्रयोजनका लागि बैंकबाट लोन चाहनेहरूलाई तिनका आबश्यकता हेरी सल्लाह सुझाब सहित लोन लिन सघाइरहेका छन् । अध्ययनशिल, सहयोगी, स्पष्ट बक्ता स्मार्टलाईनका उनै कपिल नेपालसंग द नेपाली टाईम्स अष्ट्रेलियाको बिज टल्क फेब्रुअरी २०१९ अंकका लागि छोटो कुराकानी अवसर मिल्यो । प्रस्तुत छ कुराकानीको संक्षेप ।
तपाइँको व्यवसायको बारेमा केहि बताई दिनुस न ?
म बिगत ६ वर्षदेखि Smartline सँग आबद्ध भई Mortgage Adviser को सेवा प्रदान गरीरहेको छु । Smartline एउटा Franchise Business हो र करिब ३०० भन्दा बढी Franchisee रहेको यो संस्थामा हाम्रो बिजनेस Top 10 बिजनेसमा पर्दछ । हामीले अष्ट्रेलियामा होमलोन ,Investment Loan, car Loan / Business Loan चाहिए ग्राहकको आर्थिक अवस्था हेरिकन करिब ३० वटा बैंक र बित्तिय संस्थाबाट यस्ता लोनहरू उपलब्ध गराउन सक्छांै । यस्तो सेवा पाए बापत ग्राहकहरूले हामीलाई कुनै शुल्क दिनु नपर्ने र हामीले उहाँहरूलाई घर किने पछि पनि निरन्तर सेवा प्रदान गर्ने भएकाले ग्राहक सँग Win-Win को सम्बन्ध रहेको छ । अहिलेसम्म हामीले करिब ६०० भन्दा बढी ग्राहकलाई अष्ट्रेलियाको बिभिन्न शहरहरूमा घरजग्गाको लोनको सेवा पुराएका छौं ।
किन यो व्यबसाय रोज्नु भो ?
२०१२ मा यो व्यवसाय सुरु गर्नु अगाडि म National Australia Bank मा ब्रान्च म्यानेजरमा कार्यरत थिए । करिब ८ बर्ष बैंकमा काम गर्दा मैले बैंकहरूको फोकस नयाँ ग्राहक र सेल्समा मात्र रहेको पाएँ । बैंकमा भएका पुराना ग्राहकहरू बैंकले दिने सेवा सँग असन्तुष्ट रहेको र उनीहरू सकेसम्म एउटै कर्मचारी सँग Deal गर्न पाए खुसी भएको देख्दा मैले Mortgage Broking मार्फत यस्तो सेवा दिने अबसर देखेर यो क्षेत्रमा प्रबेस गरेको हुँ । म सँग बैंकिङको अनुभब रहेको हुँदा Professional र Personal सर्भिस दिन आफ्नै बिजनेस हुन उचित लाग्यो । सुरुदेखि नै ग्राहक बर्ग, साथीभाइ र परिवारको सहयोगले छोटो समयमा नै बिगत ३ वर्षसम्म अष्ट्रेलियाको MPA Magazine ले निकाल्ने op 100 Australian Mortgage Brokers को सुचीमा पर्न सफल भएको छु ।
यो व्यवसायमा रहंदै गर्दा कस्ता किसिमका अबसर र चुनौती देख्दैहुनुहुन्छ र सामना गर्दै हुनुहुन्छ ?
यो व्यवसायमा सुरुदेखि पाएको सफलता र ग्राहकको मायाले म अत्यन्तै खुसी छु । नेपाली कम्युनिटी मात्र नभै अन्य कम्युनिटीमा आफ्नो सेवा बिस्तार गरेकाले यो Diversified Clients भएको बिजनेस हुने मेरो आशा छ । अन्य व्यवसायमा जस्तै भबिष्यमा हाम्रो पेशामा पनि Technological Advancement को कारणले हामीले दिनेसेवा अझै परीमार्जित हुनेछ । यसले गर्दा हामीलाई मात्र नभै हाम्रा ग्राहकहरूको होमलोनको यात्रा सहज बनाउने छ भन्ने मलाई लाग्दछ । Royal Commission र बैंकहरूको लोन माथिको कडाइले लोन लिन झनै गाह्रो र लोन लिन झनै जटिल भएकाले धेरै व्यक्तिहरूको रोजाइ बैंकको भन्दा हाम्रो सेवामा भएकाले यो क्षेत्रमा काम गर्नेहरूको उज्वल भबिष्यनै देखेको छु । Digital Disruption लाई मैले चुनौतीको रुपमा देखेको छु । मलाई अष्ट्रेलियाको Number 1 Real Estate Website (realestate.com.au) ले गत वर्ष Smartline लाई किनेकाले यो दुबै कम्पनीमाझ हुने सहकार्यलाई हामीले अबसरको रुपमा लिएका छौं ।
अबको पाँच वर्षमा तपाईको व्यवसाय कहाँ पुग्ला ? हामीले कपिल नेपाल आबद्द यो संस्थालाई अबको पाँच वर्षमा कहाँ देखौंला ?
म यो ब्यवसायमा नै लामो समयसम्म रहने बिचारमा छु । यो व्यवसायलाई समय संगै बिस्तार गर्नुको साथै आउने २ वर्षमा अन्य नौलो व्यवसायमा हातहाल्ने सोचाईमा छु ।
अहिलेको व्यवसायिक सफलतामा मात्र नरमाइ समय अनुसार Business Diversification गर्न जरुरी देख्छु र अरुलाई पनि यस्तै सल्लाह दिन्छु ।
नेपाली समुदायमा व्यवसाय गर्न चाहनेहरू लाई तपाई कस्ता सुझाब दिन चाहनुहुन्छ ?
नेपाली समुदायमा बिजनेश गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाएको छु । आँफूलाई थाहा भएको वा आँफूले गर्नसक्छु भन्ने आत्मबिश्वास भएको क्षेत्रमा हात हालियो भने सफल हुन सकिन्छ भन्ने मेरो सोचाई छ । लहलहैमा लागेर भन्दा पनि आफुले रोजेको व्यवसायको सफलताको सम्भाब्यता र क्यास फ्लोको बिचारको साथसाथै कुनै पनि बिजनेस किन्दा वा सुरु गर्दा बिजनेस प्लान बनाउने र यस्तो बिजनेस गरी राखेका अन्य व्यक्तिहरूको अनुभब र सल्लाहलाई मध्यनजर गर्दै अगाडि बढ्न सुझाब दिन्छु ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
Local men whom share your interests and values Single men in my area...
what’s lesbian chat live? Lesbian chat live is a live online chat solution...
The benefits of making use of dating apps for plus size women There...
Site Details: Kosten: $ 29.95 für a 1...
Getting started: tips about how to find a fuck buddy Finding a fuck...