इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुनः बन्द
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ ।
शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतबार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो ।
यसअघि गत असार १ गते याँग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो ।
करिब डेढ महिनापछि गत बुधबार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतबार राति १० बजेदेखि पुनः बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो ।
सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र एउटा भाँचिएको छ ।
यसको मर्मत गर्न सहज अवस्था भए कम्तीमा १५ दिन लाग्ने उहाँको भनाइ छ ।
अविरल वर्षाका कारण बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमासमेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको र बाहुने पाटी, फट्टे, सिमखेतदेखि तालामाराङ तथा हेलम्बुको ग्याल्थुम, चनौटे, किउललगायत क्षेत्रमा बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमा समस्या रहेकाले विद्युत पुनः सञ्चालन हुन केही समय लाग्ने हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।
बाँकी रहेको बाटोघाटो, पक्की तथा झोलुङ्गे पुलहरूसमेत बाढीले बगाउँदा मर्मतसम्भार र पुनः निर्माण झन कठिनाइपूर्ण रहेकाले समय लाग्ने उहाँले बताउनु भयो ।
छिमेकी वितरण केन्द्रहरूसँगको समन्वयमा वैकल्पिक रुटबाट सम्भव भएसम्म विद्युत् पुनः सञ्चालन गर्न प्रयास भइरहेकाले परिस्थितिको गाम्भीर्यतालाई बुझी केही समय धैर्य गरिदिनु सबै ग्राहक वर्गमा उहाँले अनुरोध गर्नुभयो ।
वैकल्पिक रुटबाट ल्याइएको विद्युत् पूर्ण क्षमताको नहुने अर्थात् कम भोल्टेज आउने स्थानीयवासीको गुनासो छ ।
अहिले मेलम्ची बजारमा वैकल्पिक रुटबाट ल्याइएको विद्युत् परीक्षण भइरहेको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
रेडियो प्रसारणमा पुनः समस्या
रेडियो मेलम्चीको प्रसारणमा पुनः समस्या आएको छ ।
यही साउन १६ गते मेलम्चीमा ठूलो बाढी आएसँगै विद्युत्का पोल ढल्दा अप्टिकल फाइबरसमेत लछारेर दुबाचौरस्थित टावरसँगको सम्पर्क विच्छेद हुँदा प्रसारणमा समस्या आएको हो ।
बजार क्षेत्रबाट अप्टिकल फाइबरले लिङ्क गरेर रेडियो सञ्चालनमा ल्याइएको थियो ।
अहिले दुबाचौरबाट नै रेडियो सञ्चालन गरिरहेको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो ।
दुबाचौरमा अहिले बत्तीसमेत नहुँदा जेनेटर चलाएर रेडियो सञ्चालन गर्नु परेको उहाँले बताउनुभयो ।
साबिकको प्रसारण समयानुसार रेडियो सञ्चालन गर्ने हो भने दैनिक तेल खर्च धान्न गाह्रो हुने उहाँको भनाइ छ ।
खर्च थेग्न मुस्किल भएकाले अहिले रेडियो दिउँसो प्रसारण बन्द गर्ने रेडियोका प्रशासन प्रमुख सागर खड्काले जानकारी दिनुभयो ।
बत्ती नियमित भई लिङ्कसमेत तयार भएपछि मात्रै रेडियो पूर्ण रुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।
यसअघि गत असार १ को भीषण बाढीले रेडियो भवन पुरिएकामा साउन १६ गते फेरि आएको बाढीले रेडियो भवन बगाएको छ ।
समुदायको सहयोगमा बनेको रेडियो भवन पूर्ण रुपमा नष्ट भएपछि झनै दुःख लागेको रेडियोका अध्यक्ष भारतीले बताउनुभयो ।
‘रेडियोको संस्थागत विकास गर्ने लक्ष्यस्वरुप गरिएको दुःख सबै खेर गएको छ । सयौँ जनाको आर्थिक सहयोग, हजारौँको सद्भावमा अघि बढ्ने कोसिस गर्दागर्दै पछारिने गरी ठेस लागेको छ’, उहाँले भन्नुभयो-‘उठ्ने प्रयासमा छौँ, समुदायको माया नै हाम्रो ऊर्जा हो । अरू विकल्प त केही पनि छैन ।’
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...