एप्पलको नयाँ इमोजी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

एप्पलले आइफोन, आइप्याड, एप्पल वाच तथा म्याकमा प्रयोग गर्न ७० वटा नयाँ इमोजी क्यारेक्टर सार्वजनिक गर्ने भएको छ । सन् २०१८ को अन्त्य अथवा सन् २०१९ को प्रारम्भमा ती इमोजी उपलब्ध गराइने र प्रयोगकर्ताहरूले सफ्टवेयर अपडेट गरेपछि यी सबै इमोजी उपयोग गर्न सक्ने बताइएको छ । एप्पलले यसपटक उपलब्ध गराउने इमोजी रमाइला हुनेछन्, जसमा स्माइल फेसका साथ हार्ट फेसको इमोजी पनि समावेश गरिने छ । यसका साथै एप्पलले इन्फिनिटी सिम्बललाई पनि आफ्नो इमोजीमा समावेश गर्नेछ ।  सुपरहिरो, कंगारु, सुँगा आदि नयाँ इमोजीका साथमा आँप, सलाद, मुन केक आदिमार्फत पनि प्रयोगकर्ताहरूले आफ्ना भावना सहज तरिकाले व्यक्त गर्न सक्नेछन् ।