कर्मभूमिमा राजनीति
राजनीतिले आक्रान्त या राजनीतिज्ञको रबैयाले पीडित संसारका मुलुकहरूको उदाहरण दिनु पर्दा हामी पनि आउँछौ । त्यसो त राजनीति आाफैमा खराब होइन यो त राजनीतिज्ञहरूको खराब रबैयाको कारण मात्र हो । नेपालमा हालको युवा पुस्ता राजनीति भन्ने बितिकै नाक खुम्च्याउँछन् तर सत्य कुरा के हो भने कसै न कसैले राजनीति गर्नै पर्छ । यसरी राजनीति गर्नेहरूलाई अंकुस लगाउने भनेका सचेत जनता नै हुन् र सम्बन्धित देशको नियम कानुन नै हो । जब देश सिस्टमले चल्छ तब धेरै कुराहरू आफै गौण बनेर आउँछन् सबै प्रक्रिया र सिस्टम भित्र आफै बाँधिन्छन् ।
हाम्रो कर्मभूमि यति बेला राजनीतिक रापमा छ, जन प्रतिनिधि छान्ने उत्कृष्ट प्रजातान्त्रिक प्रकृया चुनाब भर्खर सकिएको छ । यहाँको राजनीति हाम्रो जन्म भूमिको भन्दा धेरै मानेमा फरक छ । पहिलो कुरा त यहाँ सधै एकै पार्टीको अन्धभक्त बनेर सधै उसैलाई समर्थन गर्ने प्रचलनको कमी छ । धेरै भन्दा धेरै जनसंख्या जीवन भर कुनै पनि पार्टीको सदस्यता समेत नलिईकन साधारण भोटर मात्र रहने यो देशमा चुनाबको परिणाम पनि व्यक्ति र राजनीति पार्टीले लिने एजेन्डामा भर पर्छ । अघिल्लो साल भोट पाएको व्यक्ति या पार्टीले यो पटक भोट नपाउन पनि सक्छ किनकि उ राजनीतक झण्डाले भन्दा एजेन्डाले जाँचिन्छ ।
अष्ट्रेलियामा नागरिकले निर्वाचन प्रकृया भाग लिनु पर्छ नलिएमा जरिबाना हुने कानुनी ब्यबस्था छ । त्यसैले पनि कयौ अष्ट्रेलियनहरू त्यहि जरिबानाबाट उम्कन भोटर लिस्टबाट आफ्नो नाम काट्नलाई मात्र पनि चुनाबी बुथ पुग्छन । भने अरु धेरैले एजेन्डा अनुसार पार्टी र उम्मेदवारलाई मूल्यांकन गर्छन् । अष्ट्रेलियाको नागरिक बनेका नेपाली मुलका दाजुभाइ दिदीबैनीहरूलाई पनि यो पटकको निर्वाचन अलिक बढी नै लागेको यहाँका नेपाली मिडिया र सोसियल मिडिया मार्फत देखिएको छ । कर्मभूमिको राजनीतिमा सक्रिय हुन खोज्नु भनेको कुनै अमुक उम्मेदवारको टिशर्ट लगाएर या फोटो खिचेर सोसियल मिडियामा टाँस्नुमात्र होइन । यहाँको राजनीति प्रक्रियामा सरिक हुदै गर्दा यहाँका स्थानीय, प्रान्तीयदेखि केन्द्र सरकारसम्मले समुदायलाई गर्ने सक्ने सहयोग र नीतिगत निर्णयको बारेमा जानकार हुनु पनि हो ।
यसको मतलब कुनै एक नेपाली यहाँको राजनीतिमा जोडिनु भनेको हाम्रो समुदायको आवाज र हाम्रो उपस्थिती कुनै न कुनै रुपमा यहाँको सरकारी निकायसम्म पुग्नु हो । त्यसैले पनि कर्मभूमिको राजनीतिमा जोडिन पुगेका या जोडिन खोजेका सबै नेपालीलाई हामीले सराहना गर्नै पर्छ । अर्को तर्फ नेपाल छोडेको २० औं बर्ष पछाडिसम्म पनि उतैको कांग्रेस र कम्युनिष्टको राजनीतिमा एकले अर्कोलाई लेबल लगाउनु भन्दा यतैको राजनीतिमा सामेल हुन सके हाम्रो संस्कार र आचरण पक्कै समय र भूगोल सान्दर्भिक बन्नेछ । यसरी कर्मभूमिको राजनीतिमा पाइला चाल्दै गर्दा फेरि पनि नेपाली नेपालीबीच र हाम्रै समुदाय भित्र प्रतिस्पर्धा रहने हो भने उही आयातित राजनीतिको जालोले छोड्ने छैन । यहाँको हाम्रो राजनीति यहाँका बिभिन्न समुदाय र अष्ट्रेलियाको स्थानीयहरू सँग हातेमालो गर्दै आगाडि बढ्न सकेमा भोलि हाम्रो समुदायको र जन्मभूमिको परिचय दिदै सम्भावनाहरूको पहिचान गर्न सहज हुनेछ । अर्को तर्फ अष्ट्रेलियाको राजनीतिमा लाग्न खोजेका जो सुकैले पनि आफ्नो व्यक्तिगत अचरणहरू यहाँको नियम कानुन भित्र रहेर आफ्ना हर आर्थिक श्रोतदेखि करको दायरासम्म पारदर्शी बनाउनु जरुरि छ । जसले गर्दा भोलि कुनै सम्भावनाहरू नजिकिदै गर्दा आफु ति सम्भावनाहरूका लागि अयोग्य हुन नपरोस् । अन्त्यमा, स्थायित्व देश बिकासको सबै भन्दा प्रमुख कडी हो भन्ने हामीलाई भलिभाति थाहा छ त्यसैले भर्खरै सम्पन्न निर्वाचनले हाम्रो कर्मभूमिमा एउटा स्थायी सरकार बन्न मद्दत पुगोस् र जनसरोकारका धेरै भन्दा धेरै बिषयमा अबको सरकारले प्रगति उन्मुख परिणाम दिन सकोस् । शुभकामना !!!
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...