गुगलको एयरफोन
सर्च इन्जिन गुगलले ४० वटा भाषामा ट्रान्सलेसन (अनुवाद) गर्ने क्षमता भएको नयाँ एयरफोन बजारमा ल्याउने भएको छ । यसलाई ‘गुगल पिक्सेल बड्स’ नाम दिइएको छ । नोभेम्बरमै बजारमा आइसक्ने बताइएको यो एयरफोनको मूल्य १ सय ५९ डलर छ । गुगल पिक्सेल बड्सलाई एप्पलको एयरपोड हेडफोनसँग तुलना गर्न सकिन्छ । यसमा एयरपोडभन्दा केही फरक विशेषताहरु छन्, जसमध्ये ४० वटा भाषामा अनुवाद गर्न सक्ने क्षमता प्रमुख हो । उदाहरणका लागि ‘हेल्प मी स्पिक स्पेनीस’ भनेर अथवा एउटा बटन थिचेर स्पेनिस भाषामा बोल्न सकिन्छ । हेडफोनहरुलाई गुगल पिक्सेल २ फोनसँग पेयर गरेपछि मात्र यो सुविधा उपलब्ध हुन सक्छ । यसले मोबाइलको क्षेत्रमा गुगलले कसरी एप्पललाई टक्कर दिन खोज्दैछ भन्ने देखाएको छ । यी एयरफोनहरु गुगलको भ्वाइस एक्टिभेटेड एसिस्टेन्टका रुपमा रहेको गुगल एसिस्टेन्टको उपयोग गर्न सक्षम छन् । लगानीकर्ताहरुलाई गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामीले आफ्नो अनुवाद क्षमतालाई विगत १० वर्षमा भन्दा पछिल्लो एक वर्षमा बढि सुधार गर्न सफल भयौं ।’
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...