घट्यो सामसुङको एस २० प्लसको मूल्य

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख १, २०७८

सामसुङले नेपाल तथा भारतसहित विश्वव्यापी रुपमै आफ्नो पछिल्लो फ्ल्यागसिप एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् एस सिरिज अन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस २० प्लस कम मूल्यमा विक्री गर्न थालेको छ । कम्पनीका अनुसार १ लाख ४ हजार ९९९ रूपैयाँ पर्ने एस २० प्लस मा १० हजार रूपैयाँ कम गरी अब यसको मूल्य ९४ हजार ९९९ रूपैयाँ हुनेछ । यो अफर मार्च महिनाभरिका लागि सीमित गरिएको छ । गतमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको छ ।