जेनिशा गौतम र ईश्वर पोख्रेलको “माया बराबरी” बजारमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६

बिगत एक दशक देखि स-परिवार अस्ट्रेलिया बसोबास गर्दै आएकी बहुप्रतिभाकी धनी जेनिशा गौतमले डिजिटल बजारमा दोस्रो सांगीतिक कोसेली ” माया बराबरी” सार्वजनिक गरेकी छन ।

सानै देखि गीत संगीत तथा नृत्यमा निकै रुचि राख्दै आएकी जेनिशाले करिब दुई बर्ष अगाडि “अक्षिता रानी” बोलको पहिलो गीत मार्फत सांगीतिक यात्रा सुरुवात गरेकी थिइन ।

शब्द सृजना , स्वर साथै अभिनयमा समेत सहजै आफ्नो भुमिका निभाउन सक्ने उनी पछिल्लो समय अस्ट्रेलियामा आयोजना हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्दै आफ्नो सहभागिता जनाउदै आएकी छन ।

अत्यन्तै मिलनसार नम्र स्वभाव अनि शालिन व्यक्तित्वले भरिपुर्ण जेनिशा आफ्ना हरेक प्रस्तुतिमा पारिवारिक भाव ल्याउने गर्छिन अझ उनका दुबै गीतहरुमा सन्तान प्रतिको माया प्रसस्तै देख्न सकिन्छ ।

उनको पहिलो गीतमा हरेक बाबा आमाले आफ्नो सन्तान लाई आशीर्वाद दिदैँ सिकाइने अन्य सत्मार्गको ज्ञान र दायित्व झल्काइएको छ भने सोही सम्बन्धित दोस्रो गीतमा पनि बिश्वभरका बालबालिका प्रती समर्पित भाव पाइन्छ ।

बहुप्रतिभा भएकी जेनिशालाई उनको सांगीतिक यात्रामा उनका श्रीमानले पनि भरपुर सहायता दिँदै आएका छन । पारिवारिक शैलीमा सृजना गरेका दुबै गीतमा जेनिशा , उनका श्रीमान र छोरीहरुको अभिनय रहेको छ ।

भर्खरै बजारमा आएको गीत “माया बराबरी”मा जेनिशा गौतमको शब्द तथा स्वर रहेको छ भने पुरुषतर्फ ईश्वर पोख्रेलले आवाज दिएका छन साथै किरण भण्डारीको लय रहेको छ ।

उक्त गीतमा जेनिशा गौतम,  मुकुन्द तिमिल्सिना र उनीहरुका दुई छोरी अक्षिता र आयुस्ताको अभिनय रहेको छ भने भिडियोलाई कृष्ण मल्ल र किरणले संयुक्त छायांकन गरि किरणले सम्पादन र अनिल नकर्मिले मिक्सिङ्ग गरेका छन ।