झ्यार्इँ झ्यार्इँ भन्दै आइन् गायिका सरु राई

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ २२, २०७४

काठमाडौं– गायिका सरु राई सरस्वतीले आफ्नो नयाँ गीत ‘झ्यार्इँ झ्यार्इँ …’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । उक्त गीतका शब्द तथा संगीत पनि गायिका राईले नै तयार पारेकी हुन् । प्रदीप जोशीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

आधुनिक शैलीको उक्त गीत नृत्यपरक छ । पहिलो पटक सुन्दैमा नाचौं–नाचौं लाग्ने उक्त गीतको भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले आकर्षक नृत्य गरेकी छिन् । भिडियोमा एलिशालाई अभिनेता निराजन प्रधानले अभिनय गरेर साथ दिएका छन् ।
युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।

यस्तो छ झ्यार्इँ झ्यार्इँ…को म्युजिक भिडियो