थपिए कोराेनाका ७३ जना नयाँ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७७

काठमाडौं- विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् भने ६४ जनामा सक्रमित निको भएका छन् ।

सो अवधिमा तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २१६ पुगेको जनाएको छ ।

हालसम्म दुई लाख ७० हजार ४७१ जना निकाे भएका छन् ।

नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् ।

हाल ९६८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ९६८ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् ।

हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।