नेपालमा १६९४ संक्रमित थपिए, ४६ को मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८

काठमाडौं– नेपालमा कोरोनाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएको जनाएको छ ।

हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४६ जना सङ्क्रतिको मृत्यु भएको छ ।

हालसम्म कोरोना सङ्क्रमणले नेपालमा मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।

नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।