नेपाली गीत संगीतमा प्रबासबाटै बाबा ऐजुकेशनको निरन्तर योगदान

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन ३, २०७७
अष्ट्रेलियामा उच्च एबम प्राबिधिक शिक्षाको लागि आफ्नो गुणस्तरीय सेवा पुराउदै आइरहेको बाबा ऐजुकेसन कन्सल्टटेन्सीले नेपाली गीत संगीतमा पनि प्रबास बाटै ठुलो र निरन्तर योगदान दिदै आइरहेको छ। राम्रा र उत्कृष्ट गीत संगीतहरूमा आबद्दता जनाएर बाबा ऐजुकेसनले यूबा पुस्ताका सर्जक र नेपाली गीत संगीतलाई पुर्याएको योगदानले नेपालमा रहेका सर्जकहरु मात्र होइन अष्ट्रेलियामा रहेका नेपाली गीत संगीतका सर्जकहरु लाई पनि  जोश जाँगर र उर्जा थप्न मद्दत पुगेको छ।
संस्थाका निर्देशक रबिन्द्र शर्माले समुदायमा व्यापार गर्दै गर्दा समुदायलाई पनि सकेको सहयोग गर्नु पर्छ र त्यो सहयोग युवा पुस्तामा गर्न सकियो भने त्यो अझ उर्जाशील हुने कारण पनि आफुहरु संगीत क्षेत्र संग साझेदारी गर्दै आगाडी बढेको बताए । यसै गरि संस्थाका  बजार ब्यबस्थापक अमृत शर्माले साझेदारी गर्दै गर्दा आफुहरु ले उक्त सिर्जनाको गहिरो अध्यान गर्ने र कसरि प्रस्तुत गरिएमा यस्ले समुदायमा राम्रो संदेश जान्छ भन्ने कुरामा जोड दिने कारण पनि त्यस्ता गीत संगीत सफल रहेको बताए । यसो भन्दै गर्दा सर्जकको मेहनतको उनीहरुले प्रसंसा गरे।
अर्जुन पोखरेलको सही हो सही…समिर आचार्य र अन्जु पन्तको झम्के माया…,समिर आचार्यकै हतारमा…,पशुपति शर्माको रातो कोट…,सन्जिब पराजुली र कमल खत्रीको सात सुरमा…, छैन मलाई पिर र यसरी नहेर मलाई….लगायत हालै सफलता उन्मुख गीतहरू बाबा ऐजुकेसन कन्सल्टटेन्सी प्रयोजन रहका र दर्शक/श्रोताले निक्कै मन पराएका सृजनाहरु हुन् । यी बाहेक संस्थाको सहकार्यमा चर्चित संगीतकार अर्जुन पोखरेल सहित अन्य सर्जकहरूको १० वटा सांगितिक कोसेलीहरु बजारमा आउंन लागेको जनाइएको छ।
गीत संगीत तयारी हुदै गर्दा बजार ब्यबस्थापनमा समेत बिशेष ध्यान दिने  बाबा ऐजुकेशनसंग सहकार्य गर्न धेरै सर्जक र कलाकारहरु इच्छुक देखिएका कारण पनि आफुहरु ले यस क्षेत्रमा गरेको लगानी सफल भएको आफुलाई महशुस भएको बताउदै भविष्यमा पनि गुणस्तरीय सृजनाहरु बाबा  ऐजुकेशनको ब्यानरमा देख्न पाई रहनुहुने संस्थाका नेपाल निर्देशक  राजेन्द्रकुमार शर्माले बताए।