पदिय भागबण्डा मै नअलमलियोस एनआरएनए

-- नेपाली टाइम्स अष्ट्रेलिया, सम्पादकीय अक्टाेबर २०१७ / प्रकाशित मिति : शुक्रबार, अशोज २०, २०७४

विश्व भर छरिएर रहेका प्रबासी नेपालीहरु लाई एउटा आत्मीय डोरीले बुन्दै साझा चौतारीको अबधारणा सहित गठन भएको गैर आबासीय नेपाली संघ ( एनआरएनए ) ले आफ्नो स्थापनाको १४ बर्ष पार गरेको छ । विश्वका ७३ देशहरु मा राष्ट्रिय समन्वय समितिहरु गठन भइ सकेको यस संस्थाको जालो सबै महादेशमा पुगिसकेको छ, अझ यसो भनौ जहाँ जहाँ नेपालीहरु पुगेका छन् लगभग ति सबै ठाउँमा पुगिसकको छ एनआरएनए ।  प्रत्येक २/२ बर्षमा नेपालमा हुने संस्थाको अन्तराष्ट्रिय सम्मेलनको यो पटकको आठौ बिश्व सम्मेलन अक्टोबरको १४ देखि १७ सम्म काठमाण्डौमा हुँदैछ । संस्थाले गरेका कार्यहरु को फेहरिस्ता यो सानो सम्पादकीयमा अटाउन सकिदैन । नेपाल बाहिरका नेपालीहरु माझ मात्र होइन नेपाल भित्र समेत बिगतमा हामी माथि परेको विविध प्राकृतिक विपदहरु बीच त झन एनआरएनए धेरैको लागि आशाको केन्द्र जस्तै बन्न पुग्यो । सरकारी नीतिका कारण भूकम्प पछिको पुनःनिर्माणमा एनअरएनएको कार्य समेत प्रभावित भए पनि राहत वितरणदेखि लाप्राक नमुना बस्तिसम्म जे जति एनआरएनएले गर्यो त्यसको जति प्रसंसा गरे पनि कमै हुन्छ । त्यसरी नै हालै तराई मधेसमा गएको बाढीबाट परेको धनजनको क्षतिमा एनआरएनएले गरेको उदाहरणीय कार्यमा समग्र प्रबासी नेपालीहरु को नेपाल प्रतिको माया ममता प्रष्ट झल्कन्छ ।
हुन त एनआरएनए प्रबासीहरु को छाता संस्था होइन भन्ने आवाज पनि संग संगै सुनिएको आवाज हो यसले सबैलाई कहाँ समेटेको छ र भन्ने आवाज पनि नसुनिएको होइन । शब्द प्रयोग गर्दा छाता संस्था भने पनि, साझा चौतारी भने पनि वा अरु कुनै नाम दिए पनि डायस्पोराका नेपालीहरु लाई एउटै नामको परिचयले चिनाएको संस्था र प्रवासी नेपालीहरु बीच मात्र होइन अरु कुनै देशका प्रबासीहरु बीच पनि सायदै होला । नेपालमा हुने यो अन्तरष्ट्रिय सम्मेलन प्रबासी नेपालीहरु को लागि मात्र होइन सारा नेपालीहरु र नेपाल सरकारको लागि समेत चासो र सरोकारको बिषय बन्ने गर्दछ । जसको पछिल्लो उदाहरण नेपाल सरकारको मन्त्रि परिषदको हालैको निर्णयलाई लिन सकिन्छ, जसमा स्वयं नेपाल सरकारले यो सम्मेलन सफल पार्न एक उच्च स्तरीय समितिको निर्माण गर्दैछ ।
एनआरएनएले देशलाई दिन सक्ने र यो सम्मेलन संग जोडिएका सयौ मुद्दाहरु छन्, जुन सम्मेलनको ति दुइ/तीन दिनमा बिषय प्रवेश समेत गर्न समेत गार्हो देखिन्छ । अझ भनौ सम्मेलनको नीति निर्माण र योजना जस्ता धेरै कुराहरु मा सम्मेलनमा घनिभुत छलफल हुनु पर्नेमा कयौ बेला त यस्ता कुराहरु बिषय प्रवेश समेत हुन पाउदैनन् । यसको एउटै कारण सम्मेलन बैचारिक मन्थन भन्दा हिजो पनि पदको हान थाप मै थियो र फेरि यसले निरन्तरता पाउने देखिन्छ । त्यसैले पनि एनआरएनएको यो सम्मेलन फेरि पनि उही पुरानो पद कै हानथाप र पद कै भागबन्डा मै नअल्मलियोस भन्ने शुभेच्छा धेरै भन्दा धेरै प्रबासी नेपाली हरुको हो ।
परोपकारी कार्यहरु का अलवा प्रबासी नेपालीहरु ले देशलाई दिन सक्ने धेरै कुरा छन् । प्रबासमा सिकेको धेरै थरि ज्ञान र शीपदेखि व्यास्थापनका बिषयहरु, धेरै भन्दा धेरै प्राबिधिक र बिकासका कुराहरु मा नीतिगत रुपमै नेपाल सरकारलाई सल्लाह सुझाब दिनको लागि सक्षम छन् धेरै भन्दा एनआरएनहरु । यस्तो परिस्थितिमा पदको हानथाप र कुनै न कुनै लेबल सहित पदीय भागबन्डा भन्दा अबको एनआरएनएको सम्मेलन फरक धार र दृष्टिकोणमा उभिन सक्नु पर्दछ । एनआरएनएले लिएको भिजन २०२० लगाएत दोश्रो पुस्तालाई मातृभूमि संग जोड्ने सेतुको रुपमा एनआरएनए अबको सम्मेलनबाट निखारिएर आओस शुभाकामना !!