पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल हुने
आगामी मार्च २३ देखि पोखरामा पहिलो पटक नेपालमै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता हुने भएको छ । स्र्पोटस क्यासल पोखरा–४ गैह्रपाटनको आयोजना तथा राजन ब्रदरहुडको प्रस्तुतिमा पहिलोपटक ३ लाख नगद राशीको फुटसल प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगिता मार्च २५ सम्म स्पोर्टस क्यासलको फुटसल एरिनामा हुनेछ । फुटबल र फुटसलको विकास गर्ने उद्देश्यसहित राजन ब्रदरहुडको प्रायोजनमा पुरस्कार राशीको प्रतियोगिता आयोजनाको तयारी गरिएको ब्रदरहुडका अध्यक्ष राजन गुरुङले सुनाए । ‘पोखरामा फुटबल र फुटसलको क्रेज छ । त्यो क्रेजलाई ध्यान राख्दै फुटबल र फुटसल विकासमा नयाा आयाम थप्ने विश्वास हामीले लिएका छौं,’ हालै आयोजित पत्रकार सम्मेलनमा गुरुङले सुनाए । पोखराको फुटसल टोलीमा दुई राष्ट्रिय खेलाडी मात्रै छन् । युवा पुस्तालाइ फुटसलप्रति अभिप्रेरित गर्ने अभिप्राय रहेको उनले बताए । राष्ट्रियस्तरका फुटसल खेलाडी उत्पादन गर्ने योजनामा प्रतियोगिता कोशेढुंगा हुने विश्वास आयोजकले लिएको छ । सहभागिताको लागि स्वदेशी तथा विदेशी टिमलाई आमन्त्रण गरिने प्रतियोगिता संयोजक आशिष क्षत्रीले जानकारी दिए । ‘आउनेलाई हामीले रोक्दैनौ । नेपालमै पहिलो भएकोले सभ्य र भव्य बनाउने योजना छ,’ ब्रदरहुडका अध्यक्ष गुरुङले थपे । प्रतियोगितामा बढीमा ३५ टोलीलाई समावेश गरिने लक्ष्य छ । भारतको सिक्किमको टोली समेत आउने सम्भावना रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगिताको विजेताले नगद ३ लाख पुरस्कार स्वरुप पाउने छ । उपविजेता टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक क्षत्रीले जानकारी दिए । खेल फिफाको फुटसल नियमानुसार सञ्चालन गरिने छ । उत्कृष्ट खेलाडीलाई २५ हजार र उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको लागि आयोजकले १२ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।
काठमाडौं– यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज चैत १५ गते बिहीवारदेखि...
काठमाडौँ- बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने...
सिड्नी– अष्ट्रेलियाले यसै हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने...
काठमाडौं– नेपाल प्रहरीले सम्पर्कविहीन् भएका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन...
काठमाडौं– नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । आयरल्याण्ड...
सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा अनबरत लागि रहेकी...
काठमाडौं– यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज चैत १५ गते बिहीवारदेखि...
काठमाडौँ- बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने...
सिड्नी– अष्ट्रेलियाले यसै हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने...
काठमाडौं– नेपाल प्रहरीले सम्पर्कविहीन् भएका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन...