‘प्रकाश’ को इन्ड क्ल्याप

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार ७, २०७८

निर्देशक दिनेश राउतद्वारा निर्देशित नयाा नेपाली फिल्म ‘प्रकाश’ को छायांकन सम्पन्न भएको छ । छायांकनका लागि जुम्ला पुगेको टिम ४२ दिनमा छायांकन सम्पन्न गरेर फर्किएको छ । फिल्ममा अभिनेता प्रदीप खड्काले शीर्षक भूमकिा निर्वाह गरेका छन् । फिल्ममा उनलाई अभिनेत्रीद्वय रेणु योगी तथा दिया मास्केले साथ दिएका छन् । विनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । एक युवकको सरकारी शिक्षक बन्ने सपनामा आधारित यो फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।