फेसबुककाे न्युजफिडमा पनि परिवर्तन

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४

सोसल साइट फेसबुकले आफ्नो न्यूज फिडमा समेत परिवर्तनको योजना सार्वजनिक गरेको छ । फेसुबकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधारिकारिक फेसबुक पेजमार्फत व्यवसाय, ब्राण्ड तथा मिडियालाई पोस्टको कम महत्व तथा यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी परिवर्तन गर्न लागेको जानकारी दिएका छन् । उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसंगको, साथीसंगको सम्बादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ । नयाँ परिवर्तनले फेसबुकमार्फत आफ्नो पोस्टलाई बढीभन्दा बढी मानिससम्म पुर्‍याउने संस्थाहरुको लोकप्रियतामा भने कमि आउनसक्ने उनले स्विकारेका छन् । यसबाट अनलाइन मिडिया बढी प्रभावित हुनसक्ने बताइएको छ । उनीहरुले फेसुबकमा आफ्नो पोस्टको लोकप्रियता कम भएको देख्न सक्नेछन् । जनवरीको तेस्रो सातादेखि ती परिवर्तनहरुको प्रभाव देख्न थालिएको छ । जुकरबर्गको भनाइ छ–‘हाम्रो समुदायबाट हामीले के प्रतिक्रिया पाएका छौं भने सार्वजनिक सामग्री, व्यवसाय, ब्राण्ड तथा मिडियाबाट भैरहेका पोस्टहरुले व्यक्तिगत क्षणहरु हल्लाउँदैछ, जसले हामीलाई एकअर्कासंग जोड्नका लागि नेतृत्व गर्छ ।’ जुकरबर्गले फेसुबकको दुरुपयोग रोक्न तथा प्रयोगकर्ताको समयको सदुपयोग गर्न महत्वपूर्ण परिवर्तन गर्न लागेको स्पष्ट पारे । उनले परिवर्तन पश्चात मानिसहरुले फेसबुकमा खर्च गर्ने समय अधिक मूल्यावन हुने आशा पनि व्यक्त गरेका छन् ।