बुस्टमा नयाँ नियम

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४

सोसल साइट फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवद्र्धन अर्थात बुस्ट गर्ने भएको छ । फेसबुकका संस्थापक एवं सिईओ मार्क जुकरबर्गले न्यूजफिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन् । ‘जुन भरोसायोग्य छ, त्यो प्रकाशनलाई प्रवद्र्धन गर्नेछौं, जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन, त्यसमा कमि आउनेछ, जुकरबर्गको भनाइ छ–‘यो परिवर्तन न्यूजफिडको र्‍याङ्किङमा देखिनेछ ।’ उनका अनुसार यसको परिक्षण पहिला अमेरिकामा हुनेछ । त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागू हुनेछ । प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ । समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानिय समुदायका लागि सान्दर्भिक होस्, त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने जुकरबर्गको भनाइ छ । त्यसको मूल्यांकन प्रयोगकताले गर्ने फेसबुकले जनाएको छ । ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन् कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं, फेसबुकका अनुसार सर्वेक्षणको नजिता भने सार्वजनिक गरिने छैन । यो कदमबाट फेक न्यूज तथा प्रोपोगाण्डा मच्चाउने सामग्री नियन्त्रण हुने फेसबुकको विश्वास छ ।