मन्त्रिपरिषद बैठकले गऱ्यो नेकपा विप्लबमाथिको प्रतिबन्ध फुकुवा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७

काठमाडौं- सरकारले नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गरेको हो ।

बिप्लब समूहले हिंसात्मक गतिविधि गरेपछि तत्कालिन सरकारले २०७५ फागुन २८ गतेदेखि उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीका अनुसार आज विहान भएको तीन बुँदे सहमति अनुसार विप्लब समूहमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो ।

भोलि शुक्रबार दिउँसो हुने औपचारिक कार्यक्रममार्फत जेलमा रहेका उक्त समूहका नेता तथा कार्यकर्ता रिहाईको औपचारिक घोषणा गरिने मन्त्री चौधरीले बताउनुभयो ।

विहान भएको दुई पक्षीय सहमतिलाई मन्त्रिपरिषद बैठकले अनुमोदन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (विप्लब समूह) का महासचिव नेत्रविक्रम चन्दले औपचारिक सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ