यूट्युबको नयाँ फिचर

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, पुस १४, २०७४

एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले पिन्च टू जूम नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्क्रिनभर भिडियो देखिनेछ अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८:९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ । यसअघि यो फिचर केवल पिक्सेल टू एक्सएल प्रयोगकर्ताका लागि उपलब्ध थियो । जुन १२.४ भर्सनसँगै प्रयोग गर्न सकिन्थ्यो । अब यो एन्ड्रोइडको १२.४४ भर्सनका प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । पिन्च टू जूम फिचर विना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ ग्यालेक्सी नोट एटका प्रयोगकर्ताले युट्युब भिडियो पूरा स्क्रिनभर हेर्न पाउँदैनथे । यो महिना आइओएसका लागि यु ट्युब अपडेट गरिएको थियो र यसमा आइफोन एक्सका लागि फूल स्क्रिन भ्युइंग सपोर्टको विकल्प दिइएको थियो ।