रहेनन् होस्नी मुवारक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६

३० वर्षसम्म राष्ट्रपति रहेका इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा फेब्रअरी २५ का दिन निधन भएको छ । मुबारकले सन् १९८१ देखि सन् २०११ सम्म इजिप्टमा शासन सम्हालेका थिए । इजिप्टको सरकारी टेलिभिजनका अनुसार लामो समयसम्म बिरामी रहेका उनको केही साता अघिदेखि शल्यक्रिया जारी रहँदै गर्दा उनको निधन भएको हो ।  मुबारक सन् २०११ को क्रान्तिपछि राष्ट्रपतिबाट हटेका थिए । मुबारकले इजिप्टको चौथो राष्ट्रपतिका रुपमा सन् १९८१ देखि पद सम्हालेका थिए । मुबारक इजिप्टको नाइल डेल्टामा सन् १९२८ मा जन्मेका थिए ।