लामो गन्तब्यको सुरुवात

-- / प्रकाशित मिति : मङ्लबार, कार्तिक १७, २०७२

nepali times coverनेपालको संबिधान २०७२ सर्ब सम्मतले पारित भएको छ । यसै साग लामो समयको प्रतिक्षा र फलस्वरुप सार्बभौम सम्पन्न नेपाली नागरिकले धेरै शंका, उपशंका र सम्भाभित घटना र दुर्घटनाहरुलाई टार्दै संबिधान पाएका छन् । आफ्नो संबिधान आफै लेख्ने हामी एउटा यस्तो भाग्यमानी पुस्ता हौ, जुन अबसर संसारका बिरलै नागरिकहरुलाई प्राप्त हुन्छ । संसारमा कुनै पनि बस्तु सर्बमान्य वा सर्बोपरि न केहि होला न केहि हुनै सक्ला, त्यसैले पनि ९० प्रतिशत संबिधान लेख्न गएका जनताका प्रतिनिधिहरुले हस्ताक्षर गरेर जारी यो संबिधानले धेरैको अवाज समेटेको छ भन्दा फरक पर्दैन ।  अर्कोतर्फ संबिधान जारि हुदै गर्दा देश इतिहासको एउटा महत्व पूर्ण बिन्दुबाट अगाडि बढेको मान्नु पर्दछ त्यसैले संबिधानको ठेलीका शब्द साग झर्कनु भन्दा सामाजिक रुपमा चर्केका विविध विभेदहरु न्यूनीकरण गर्दै अब नेपालले पनि नयाँ युगमा प्रवेश गर्नु पर्दछ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाले ६ दशक अगाडि खुद आफ्नै प्रतिनिधिले आफ्नै लागि संबिधान लेख्ने देखेको सपना र बिगत २ दशकमा देशमा भएका विविध उथल पुथल र निर्णायक आन्दोलनहरु सहित देश बिधिबत संघीय गणतन्त्रमा प्रवेश गरेको छ । संबिधानको घोषणाको यो अवसरमा खुसी मनाइ रहदा आज हामीलाई यो अबसर प्रदान गर्नका ला गि ज्यानको बाजी लागाउने सबै ज्ञात-अज्ञात सहिद र विर सपुतहरुको बलिदान प्रति नतमस्तक बन्नै पर्दछ । तै पनि संबिधान सहमतिको दस्ताबेज हो, त्यसैले यसमा सबैको आबाज समेट्न गार्हो छ अहिले देखिएका केहि असमन्जस्यता यसैका केहि उदाहरणहरु हुन् जुन जति सके छिटो छोट्टिनु पर्दछ । त्यसमा पनि गत केहि हप्ता देशमा घटेका घटनाहरु र भएका जिउ धनको क्षतिलाई मध्ये नजर गर्दा सबैले संयमता अपनाउनु नै पर्दछ ।

संबिधान सहमतिको दस्ताबेज मात्र होइन यो एउटा गतिशील दस्ताबेज पनि हो, त्यसैले आज ठिक देखिएका कुराहरु कालान्तरमा गलत साबित हुन सक्दछन र गलत कुराहरु सहि । त्यसैले पनि यसलाई जति आफ्नो पन दिन सक्यो त्यति नै यो देश काल र परिस्थिति सुहाउदो हुनेछ । कम्तिमा एउटा गन्तब्य निर्धारण भएको छ, एउटा गोरेटो कोरिएको छ अब त्यहि गोरेटोबाटै फेद र टुप्पो केलाउन सक्ने हैसियत प्रत्येक नेपालीले पाएका छन् कम्तिमा यसलाई नै एउटा ऐतिहासिक सफलता मानि आगाडि बढ्न सक्नु अहिलेको हामी सबैको उपलब्धि र आबश्यकता हो । सदियौं देखि आ-आफ्नै भाषा संस्कृती र रहन-सहनमा रमेर चन्द्र सूर्य झन्डा मुनि गोलबन्द हामी सबै नेपालीहरु फेरि पनि गोलबन्द हुनुछ, इतिहासको धेरै विपद र प्रकृति विपदमा बिचलन नभएका हामीहरु यति सहजै फुट्नु भााडिनी हामीलाई नसुहाउने कुराहरु हुन । त्यसैले यो गन्तब्यको सुरुवात संगै लामो यात्रामा हामी सबै नेपालिहरु जोर जुलुमका साथ् अगाडि बढ्नु आजको आबश्यकता पनि हो ।

फेरि पनि नेपालको संबिधान एउटा जनजाति मुलको सभामुखले टेबल गर्दै गर्दा र अर्को मधेसीको छोरो र देशको राष्ट्रपतिले नतमस्तक भएर ढोग्दै जारी भएको घोषणा गर्दा कम्तिमा हामी यो भन्न सक्छौ यसमा कुनै जात जाति सम्प्रदायको जाल झेल षड्यन्त्रको गन्ध छैन । हो यसमा समेट्नु पर्ने कुरा धेरै थियो, अपनत्व गराउनु पर्ने धेरैलाई थियो जुन अबश्य पनि भबिष्यमा फारकिलो हुदै समेटीने छ किनकि हाम्रो संबिधान चट्टान होइन यो चलायमान छ भनेर स्वयं राष्ट्रपतिले भनेका छन् । यो हठी र क्रुर पनि छैन किनकि यो समय सापेक्षको सिदान्तलाई अङ्गीकार गर्ने प्रजातान्त्रिक दस्ताबेज हो । त्यसैले फेरिपनि यो लामो गन्तब्यको सुरुवात हो, हामी धेरै टाढा जानु छ, हाम्रो गन्तब्य हामी आफैले तय गर्ने हो, हामीले शुरुवातीमा संबिधान मार्फत खोजेको र पाएको अधिकार पनि यहि हो ।