सरकार माथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७८

कठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावकाे पक्षमा ९३ परेको र विपक्षमा १२४ मतले अस्वीकृत भएको छ ।

आजको मतदानमा २३२ जना हुनुहुन्थ्याे ।

सभामुख अग्नि सापकाेटाले साे कुराकाे घाेषणा गर्नु भएकाे हाे ।

कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो ।

कुल सांसद संख्या २७५ उपस्थित संख्या २३२ पक्षमा ९३ विपक्षमा साँसद १२४ तटस्थ सांसद १५ रहनुभएकाे छ ।

यसअघि संसदमा बोल्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो ।

उहाँले यस्तो विषम परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको बताउँदै उहाँले कोभिडविरुद्धको लडाइमा रहेको केला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको थियो ।

‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइमा छौं । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भन्नुभएको थियो ।