सिड्नीमा फुड फेस्टिभल हुदै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३

नेपाली स्वादको माध्यमले नेपाल चिनाउने अभियानमा सक्रिय युवाहरुको समुह ‘टु टेबल’ ले सिड्नीमा एक फुड फेस्टिभलको आयोजना गर्दैछ । फुड फेस्टिभलमा सिड्नीमा रहेका १५ भिन्न नेपाली स्वादका रेस्टुरेन्टहरु सहभागी हुनेछन । सिड्नीको केन्द्र र अति ब्यस्त बेल्मोर पार्कमा आउने अप्रिल ८ शनिबारका दिन हुदै गरेको यस फेस्टिभलमा, नेपाली खानाको पर्दर्शन, खाना चाख्ने, खाना सम्बन्धि बिबिध प्रतियोगिताहरुको अलवा नेपाली खाध्य परिकार र मशलाहरु लगयतका सामग्रीहरुको पर्दर्शानी र बिक्रिवितरण समेत हुनेछ।

कार्यक्रम सम्बन्धि जानकारी दिने उदेश्यले हालै आयोजित एक पत्रकार भेटघाटमा यस फेस्टिभलका निर्देशक सुरज प्रधान र सदस्यहरु  बुल्शन लाम्गाडे, मनोज अधिकारी, सुशील अर्याल र शिशिर कडेलले फुड फेस्टिभल सम्बन्धि बिबिध बिषयहरुमा जानकारी दिएका थिए । पत्रकार भेटघाट पश्चात टिमको तर्फबाट सुरज प्रधानले एक प्रेस बिज्ञप्ति जारि गरि नेपाललाई अब बिबिध खानका स्वाद र परिकारको धनि देश भनेर पनि चिनाउनु आवश्यक रहेकोले यो फुड फेस्टिभलको आयोजना गर्न लागिएको बताए ।  फेस्टिभलमा नेपालबाट नेपालमा सबैको जिब्रोमा बसेको ‘बाजेको सेकुवा’ र होटल एशोसियसन अफ नेपालले सहभागीता जनाउने छ । यसको आलाबा राष्ट्रिय अन्तराष्ट्रिय फुड चेन र क्याफे चेनका संस्थाहरुले फेस्टिभलमा चासो दिएको र समय निजिकिदै गर्दा सहभागी संस्थाहरुको पनि जानकारी दिइनेछ । त्यसैगरी हस्पिटालिटी र कुकरी पढाई हुने अस्ट्रेलियाका बिभिन्न शैक्षिक संस्थाहरु, सेलिब्रेटी शेफहरु र खानाका बिषयमा कलम चलाउने लेखकहरु पनि उक्त फेस्टिभलमा सहभागी हुनेछन ।

पेशाले सेफ सुरज प्रधान आफै एक फुड लेखक पनि हुन् भने उनि सँग अस्ट्रेलियाका प्रसिद्द सेफहरु संग काम गरेको अनुभब पनि छ । गत साल मात्र सगरमाथाको बेस क्याम्पमा पुगी पप अप रेस्टुरेन्ट चलाएका सुरजले ठुलो हिम्मतका साथ यो फेस्टिभलको आयोजना गर्न लागेको र यसमा सबैको सहयोगको लागि अपिल गरेका छन् ।

निशुल्क प्रवेश रहेको यस फेस्टिभलमा फुड स्टल, खाना बनाउदै खुवाउदै, बिबिध संस्कृतिक कार्यक्रमहरु, खाना सम्बन्धि बिबिध प्रतियोगिताहरु र लक्की ड्र र बिबिध उपाहारहरु समेत रहेको छ । एक दिनको सप्ताहअन्त पारिबारिक बाताबरणमा नेपाली खाना प्रबर्दन गर्दै बिताउन मिल्ने यस फेस्टिभलमा आफु नजिकका बिदेशी साथीहरुलाई फेस्टिभलको जानकरी र उपस्थितिको लागि आग्रह गरिदिनी कार्यक्रम आयोजकले अनुरोध सबै नेपाली दाजु भाई दिदि बैनीहौर्लाई अनुरोध गरेको छ । थप जानकारीका लागि E: hello@twotables.com.au मा सम्पर्क गर्न वा www.twotables.com.au बाट जानकारी लिन अनुरोध गरिएको छ।