सोमबार थपिए १ सय २५ सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ११, २०७७

काठमाडौं– सोमबार नेपालमा कोरोना भाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् ।

सोमबार तीन हजार ६८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै सोमबार ९० जना सङ्क्रमित निको भएको जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ ।

हालसम्म दुई लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छन् ।

पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाभाइरसबाट दुई हजार ६१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ४३ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हाल एक हजार ५२९ जना आइसोलेशनमा र ६६ जना क्वारेन्टिनमा छन् ।