२४ घण्टामा ४१ संक्रमितको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, असार १, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ७ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ७ हजार ४ सय ४९ जनाको पीसीआर तथा ५ हजार ८ सय ४१ जनाको एन्टिजेन गरी कुल १३ हजार २ सय ९० जनाको परीक्षण गरिएको थियो ।

जस अन्तर्गत १६ सय ८१ जनाको पीसीआर तथा १ हजार ६४ जना एन्टिजेन विधिबाट परीक्षण पुष्टि भएको हो ।

यो अवधिमा ४१ जना संक्रमितको दुखद निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
यो अवधिमा ४१ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।