“समाजसेवा अनि कला र संस्कृतिको संरक्षणमा सुजता के.सी.को अग्रसरता”

-- शान्ती पाैडेल / प्रकाशित मिति : सोमवार, चैत्र ८, २०७२

कला संस्कृति हाम्रो पहिचान हो । हाम्रो चिनारी हो । जसले हामीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा मौलिक पहिचान दिन्छ । वर्तमान समयमा हाम्रा कला संस्कृतिमा पाश्चात्य संस्कृतिको धेरै प्रभाव परेको छ यसको नियन्त्रण गरी कला र संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुन आउँछ ।
नि:स्वार्थ भावनाले असहाय अशक्तको सेवामा समर्पित हुनु समाज सेवा हो । समाज सेवाले देश निर्माणमा एउटा इँटाको काम गर्छ । सत्ता र शक्तिको सेरोफेरोमा मात्र देशको सेवा हुँदैन देशको सेवाका लागि इमान्दारिता लगनशिलता नि:स्वार्थ भावना र कर्तव्यपरायणता चाहिन्छ । यस्ता गुणबाट सु–सज्जित भई आ–आफ्नो भूमिका निर्वाह गर्दा देश विकासमा अहम् भूमिका खेल्छ ।
हाम्रो देशमा विभिन्न क्षेत्रमा संलग्न भएर आफ्नो कला कौशल र संस्कृतिको संरक्षण गर्ने, दीन दु:खी असहायहरूको लागि साहारा बन्ने विशाल हृदय भएका समाजसेवी र संस्कृतिका धरोहर प्रशस्त छन् । ती मध्येको एक हुन् सुजता के.सी. । अष्ट्रेलियाको सिंड्नीलाई कर्मथलोको रुपमा रोजी, बाँकी रहेको समयमा सो स्थानमा हुने कला, गायन क्षेत्रका साँस्कृतिक कार्यक्रममा हसिलो मुहार र सुरिलो स्वरको साथमा सहभागी बन्छिन् । लोक गायनको मोह र समाज सेवा आफ्नो उद्देश्य बताउने सुजता के.सी.सँग सामाजिक सद्भाव, राजनैतिक चेतना, कर्ममा विश्वास र सेवामा समर्पित जस्ता गुणहरू छन् । भोजपुर कुलुङ काम्लेटारमा जन्म लिएकी उनी गाउँघर उकाली ओराली अनि भञ्ज्याङ चौतारीका लोकभाकाकी पारखी पनि हुन् । फलस्वरुप सन् १९८९ मा उनी रेडियो नेपालमा कला र संस्कृतिको अनुरागी बन्दै लोक गायिकाको रुपमा प्रवेश गरिन, भाग्य अनि कर्मको लहरमा लहरिदै अष्ट्रेलिया आइपुगेकी सुजता के.सी.ले कला र संस्कृतिको संरक्षणको खातिर सन् २००८ मा आफैं संस्थापक अध्यक्ष भई ‘नेपाली कला संस्कृति प्रतिष्ठान’ – अष्ट्रेलियाको स्थापना गरिन् भने सामाजिक कल्याणका खातिर सन् २०१३ पनि आफै संस्थापक अध्यक्ष भई संस्थाको स्थापना गरिन् । जमुना पौडेल, भूषण रोक्का साथै अन्य साथीहरूको ठूलो सहयोग रहेको कुरा हामीलाई जानकारी गराएकी थिइन् । यसरी आफ्नो व्यक्तिगत जीवनको व्यवस्ततासँग सामाजिक क्षेत्रका बहुआयाममा आफूलाई सक्रिय बनाउने सुजता NRN मा सदस्य रहेकी छन् भने, Association for Blind संस्थामा स्वयंसेवकको भूमिकामा क्रियाशील रहेकी छिन् । आफूलाई कला र संस्कृतिको संरक्षण अनि समाज सेवाको धारमा उभ्याएकी सुजता के.सी.सँग ‘द नेपाली टाइम्स अष्ट्रेलिया’ले गरेको कुराकानी:

Sujata KC
आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
Association for Blind को सहयोगार्थ नेपाली कला संस्कृति प्रतिष्ठान–अष्ट्ेरेलियाको प्रस्तुती धमाका साँझाको तयारीमा नै व्यस्त छु । फेब्रुअरी २० मा यो कार्यक्रम हुन गइरहेको छ । र यसमा हाम्रा कलाकार बादल प्रर्साइ र प्रार्थना शाक्यको प्रस्तुति रहेको छ ।

यो Association for Blind भन्ने संस्था कस्तो संस्था हो ?
यो संस्था नेपालमा रहेका दृष्टि बिहिन बच्चाहरूको व्यक्तित्व विकास र सीप विकासमा सहयोग गरी उनीहरूको जीवनस्तर उकास्ने उद्देश्यले खोलिएको संस्था हो । जुन बालबच्चा दृष्टिविहिन छन्, गरिब छन् तिनीहरूले आधारभूत आवश्यकता आपूर्ति गर्ने सहयोग यस संस्थाले गर्छ ।

नेपालमा यो संस्थाबाट लाभान्वित बालबालिका कति छन् ?
हामीले सरस्वतीमा मा.वि. १८ जना बालबालिका जुन दृष्टिबिहिन छन् । उनीहरूको लागि सहयोग गरेका छौं । पोखरामा पनि केही बालबालिकालाई हामीले सहयोग गरेका छौं ।

तपाईको संस्थाबाट ती बालबालिकाकाले के सहयोग पाएका छन् ?
हामीले उनीहरूलाई नगद र जिन्सी सामान दिएका छौं ।

अनि नगद जिन्सी सहयोग गर्ने खर्च रकम कसरी जुटाउनुहुन्छ ?
खर्च व्यवस्थापन गर्न सजिलो छ/छैन । तर पनि मसाग धेरै सहयोगी मनहरूको साथ छ । यिनै सहयोगी साथीभाइ उद्योग व्यवसायी, व्यापारी माझ Coin Box राखि चन्दा सङ्कलन गरेर अनि धमका साँझबाट उठेको रकम नै अहिलेसम्मको अर्थ सङ्कलनको आधार हो । हामीले वर्षको एक पटक धमका साँझ गछौं । त्यसमा २००९/१० मा सङ्कलित रु. १०००००/– (अक्षरेपी एक लख रुपैयाा मात्र) मेरै अध्यक्षतामा पोखराका दृष्ट्रिविहिन बालबालिकालाई हस्तान्तरण गर्‍यौं । फेरी २०११/१२ मा पनि जानकी पौडेल जीको संयोजकत्वमा सङ्कलित रु. १०००००/– (अक्षरेपी एक लख रुपैयाा मात्र) पोखराका दृष्टिविहिन बालबालिकाकै लागि हामी विद्यालयमा हस्तान्तरण गर्‍यौं ।
अष्ट्रेलियामा बस्ने दिदीबहिनी दाजुभाइ, उद्योग व्यवसायीबाट Coin Box मा र ४,०००००/– (अक्षरेपी चार लाख रुपैया मात्र) जम्मा भएको थियो । त्यो रकम हामी सरस्वती मा.वि. इाट्टाभट्टाका १८ जना बालबालिकाहरूको लागि प्रदान गर्‍यौं । जसमा ८० हजार रकम बराबर बालबालिकालाई नै बजारमा लगेर आवश्यक जिन्सी सामान किन्यौं भने ३,२०,०००/– (अक्षरेपी तीन लाख वीसहजार रुपैयाा मात्र) चाहिा हामीले नगद नै हस्तान्तरण गरेका छौ । त्यस्तै गरी NRN का अध्यक्ष राजेन्द्र महत्तोले सरस्वती मा.वि.का बालबालिकाका लागि १० वटा ब्लाङकेट दिनुभएको थियो । सबैको सहयोगबाट नै अर्थ जुटाएका छौं ?

तपाईको यो संस्थालाई यसरी अगाडि बढाउन तपाईलाई कस–कसको सहयोग मिलेको छ ?
म मात्र यो सबै गर्न सफल हुने थिइन । यसमा मलाई धेरै साथीहरूले सहयोग गर्नुभएको छ ? गरेको सहयोग सङ्कलनदेखि नेपाल पुर्‍याउने वितरण गर्ने काममा भूषण रोक्का जीले ठूलो सहयोग गर्नुभएको छ । संस्था भित्रका कामहरू गर्न गोमा कटुवालजीले सहयोग गर्नुभएको छ ।
तपाईको यो सेवा पूर्ण अभियानमा कस्ता–कस्ता चुनौतिहरूको सामना गर्नुपर्‍यो ?
समाज सेवा भनेको समय र अर्थको संयोजन हो । यी दुवैलाई सहि तरिकाले व्यवस्थापन गर्दा एक्लै संभव छैन । सबैसँग माग्नु पर्ने समय अनि व्यस्त जीवनशैलीका बाबजुत यो अलि कठिन नै भयो । त्यसपछि सङ्कलित सहयोग निश्चित ठाउँमा पठाउन वर्तमान समयमा देशमा चलिरहेको गतिरोधले पनि हामीलाई अप्ठ्यारो पारेको छ ।

देशमा गतिरोध हुनुमा कस्को दोष देख्नुहुन्छ ?
एक अर्कोमा दोषारोपणगर्नु भन्दा पनी एकताको भावना हुनु पर्छ, हामी नेपाली कुनै पनि प्रकारको रिस राग नराखी आत्मनिर्भर भएर हातमा हातमिलाएर अगाडि बढनु पर्छ ।

अबका दिनमा Association for Blind संस्थालाई कसरी अगाडि लैजादै हुनुहुन्छ ?
अबको हाम्रो योजनामा गरिबिको रेखा मुनि बस्ने दृष्टिबिहिन बच्चाहरूको पढाईको स्तर बढाउनाको लागि आधुनिक प्रबिधिको सहयोग गर्ने र सेवा क्षेत्र अन्य जिल्लामा बिस्तार गर्ने योजना रहेको छ ।

संस्थाको सेवा बिस्तारको लागि के कस्तो अपेक्षा गर्नुहुन्छ ?
सहयोग नगद मात्र नभएर जो ब्यक्तिले सहयोग गर्न चाहनुहुन्छ वहााले नगद जिंसी आत्मनिर्भरतालागि सीप जे छ त्यसैको अपेक्षा गर्छौ, यो सहयोग हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुबै स्तरबाट सहयोग पाउँछौ भन्ने आशा राखेका छौ ।

अन्तमा The Nepali Times Australia मार्फत केही कुरा भन्न चाहनुहुन्छ ?
मलाई समाजसेवा अनि कला र संस्कृतिको संरक्षणको अभियानमा सहयोग गरिदिने भूषण रोक्का, गोभा कटवाल, राजेन्द्र महतो, डा. कृष्ण हमाल, बिनीता सुब्बा, जीना के सी, जानकी पौडेल, राजेश्वोर घिमिरे, मक्षेद्र बिष्ट, जितमान लिम्बू, बिंध्या सुब्बा, रूद्र गिरीलाई धन्यवाद दिन चाहन्छु । यसका साथै Coin Box मा डोनेशन गरेर धमाका साँझ कार्यक्रममा सहभागी बनेर सहयोग गरिदिने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिन चाहन्छु । फेब्रअरी २० मा हुन गइरहेको धमाका साँझमा यहााहरूको गरिमामय उपस्थितिको लागि सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक निमन्त्रणा गर्दछु ।

हजुरको अमूल्य समयको लागि धन्यवाद ।
तपाईलाई पनि धन्यवाद । मेरो कुराहरू पाठक सामु पुर्‍याउने अबसर दिनु
भएकोमा ।