दुर्घटनामा फ्लाइ दुबइ

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र २६, २०७२

दुबइबाट रसियाका लागि उडेको फ्लाइ दुवईको एउटा विमान उत्तरी रसियामा दुर्घटनाग्रस्त भएको छ । अवतरण गर्ने क्रममा जहाज दुर्घटना हुँदा यात्रु र चालक दलगरी सबै ५९ जनाको मृत्यु भएको छ । फ्लाइट नम्बर एफजेड ९८१ नम्बरको जहाज रसियाको उत्तरी सहर रोस्टोभ अन डनमा दुर्घटना भएको हो । रसियाको एयर ट्राफिक कन्ट्रोलले फ्लाइ दुबईको बोइङ ७३७–८०० जेट विमानस्थल नजिकै भिजिबिलिटी कम हुँदा ल्यान्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ । दुर्घटना विमानस्थलभन्दा ५०–१०० मिटर टाढा भएको छ । दुर्घटनामा विमानमा रहेका सबै यात्रु र चालक दल सदस्यको मृत्यु भएको छ ।