ऊ आस्तिक पनि हैन, नास्तिक पनि हैन
एकहप्ता अघिमात्रै तयभएको प्रोग्राम अनुसार २०७२/१२/१ गते बिहान सातै बजे ऊ आफ्नो निवास सिर्जनाकुटीबाट सोह्रदिने लामो यात्रामा निस्किन्छ । उसका साथमा बाहुन क्षेत्री नेवार समुदायका मान्छे मात्रै हुन्छन् । दुई चार जनाबाहेक सबै ऊ भन्दा पाका उमेरका हुन्छन् । साढे सात बजे उसको गाडीले गन्तब्य मार्ग पकडछ । घरबाट हल्का चिया नास्ता गरेर निस्केको उसको टोलिले बनेपा–बर्दिबास (बिपी) मार्गको दुम्जामा खाना खान्छ र त्यहांबाट हिडि लाहानको मारबाडी सेवा सदनमा बास बस्छ ।
मधेसको ठाऊँ, भर्खरै बढदै गरेको गर्मि, लामखुट्टेको बिगबिगी भएपनि धर्मशाला ब्यवस्थित भएकाले ति सब कष्टबाट त्राण पाउँछ । धर्मशालामा तातो चिसो पानीको ब्यवस्था भएकाले स्नानगरिवरि ऊ दोस्रो दिनको यात्रामा निस्किन्छ । त्यहांबाट हिडदा उसले हातको घडिसोहि धर्मसालामै कसैकालागि चिनो छाडेर हिंडछ र कंकालिनीमाईको दर्शन गर्छ ।
लाहानबाट हिंडेको ऊ सुनसरीको झुम्काबाट ऊत्तर तर्फ लाग्छ र चतरा नहरलाई कहिले दांयां त कहिले बायां पार्दै दस बजे बराहा क्षेत्र पुग्छ । बराहा क्षेत्र हिन्दुहरूका लागि एक तीर्थस्थल हो । त्यो ठाउँ सुनसरी उदयपुर र धनकुटाको सीमा क्षेत्र पनि हो, जहां सप्तकोसी र कोका नदी आएर मिसिन्छन् । उसका साथीहरू सप्तकोसी र कोकाको संगममा स्नान गर्न थाल्छन् तर ऊ चांहि हातमुख मात्रै धुन्छ, शरिरमा पानी छर्किन्छ र त्यहां अवस्थित मन्दिरहरूको दर्शन गर्न तर्फ लाग्छ ।
ऊ आस्तिक पनि हैन, नास्तिक पनि हैन । मन्दिर दर्शन गर्छ तर फूल अक्षता, भेटी चढाउँदैन । ढोका बाहिरैबाट दर्शन गर्छ, ढोका भित्र जांदैन । नछुटाईकन सबै मन्दिरको दर्शन गर्छ,तर निधारमा टिका पनि लाउँदैन र प्रसाद पनि बोक्दैन । बराहा क्षेत्र वरपरका सबै मन्दिरको दर्शन गर्छ र ऊ त्यहिंको एक तमु होटेलमा बसी यात्रा संस्मरणको टिपोट लेख्छ । यात्रामा उसको मिल्ने साथी भनेका काजी मात्रै हुन् । अरूसंग ऊ खासै घुलमिलै गर्दैन । यो उसको पुरानै बानी हो ।
बराहा क्षेत्रबाट हिंडेको ऊ धरानको बुढा सुब्बा, दन्तकाली, र पिण्डेश्वरको दर्शन गर्छ । सुनसरी जिल्लाको धरानमाथि बिजयपुर छ । त्यहिं बुढासुब्बाको मन्दिर छ । मन्दिर के भन्नु धमिराको गोलो जस्तो भुक्कपरेको माटाको ढिकुरो लाईनै बुढा सुब्बाको मन्दिर (समाधि) मानिन्छ । त्यसैमा पूजा गर्ने चलन छ । त्यसका पुजारी मगर हुन् । त्यहां सुंगुर र कुखुराको बलि चढाइन्छ । बुढासुब्बा लिम्बुहुन् भन्ने मान्यता छ ।
धरानकै दन्तकालीलाई सतीदेबीको दांत पतन भएर भगवती उत्पन्नभएको पनि भनिन्छ । मंन्दिर निकै ठूलो छ । सांझ बिहान पूजा चल्छ । बली पनि चढ्छ । भक्तजनहरूलाई दांतको दर्शन पनि गराइँदो रहेछ ।
सुनसरीको धरान मै पिण्डेश्वरको मन्दिर छ । त्यसको शिवलि∙ चार अंगुल जतिको मात्रै छ जसलाई बनावटी नभई प्राकृतिक नै रहेको विश्वास गरिन्छ । त्यहां गणेश पार्वती, बेदब्यास, कालभैरव, दक्षिणकाली, पशुपति जस्ता अनेक देवदेवीका मूर्ती पनि छन् । ति सबैलाई नछुटाईकन दर्शन गरी ऊ अगाडि बढछ र झापाको बिर्तामोंडमा गएर बास बस्छ । भोलि बिहानै उठेर पूर्बको पशुपतिनाथका रूपमा परिचित अर्जुधारा पुग्छ र दर्शन गरी अघि बढ्छ । यो उसको तेस्रोदिन हो ।
त्यहांबाट हिडेको उ टिष्टा पुल पार गरी भारतको आसाम प्रबेस गर्छ । आसाम चिया खेतीकालागि प्रसिद्धि कमाएको ठाँउ पनि हो । ऊ आसामका केहि चिया बगान घुम्छ, खाना खान्छ र सांझको बास आसामको गोसाइं गाउं स्थित एक धर्मशालामा गएर बस्छ । त्यसका ब्यवस्थापक एक नेपाली भाषी हिन्दुस्तानी रहेछन्, जसले बस्ने प्रबन्ध राम्रो गरी मिलाईदिए । बासस्थानमा पुग्नासाथ उसको परिचय एक बोरो जातिसंग हुन्छ जसले त्यहां स्वतन्त्र बोरोल्यान्डको मांग गर्दै आन्दोलन समेत चलाईरहेको छ र नेपाली तथा बंगाली भाषिहरूलाई लखेटी रहेका छन् । ती बोरो जातिसंग केहिबेरको भलाकुसारी पछि ऊ बासस्थान तर्फ लाग्छ ।
भोलि बिहानै उठेर गोहाटी स्थित कामरू कामख्या मन्दिर दर्शनका लागि प्रस्थान गर्नु पर्ने भएकाले ऊ समयमै सुत्छ । भोलि पल्ट गोसाई गाऊँबाट हिंडेको ऊ कहिं कतै बिश्राम नगरी बेलुका तिर कामरू कामाख्या पुग्छ र त्यसै दिन कामाख्या माताको दर्शन गर्न भ्याउँछ । उसको साथमा रहेका अरूले पनि दर्शन गर्छन् । कामाख्या देबी एक शक्तिपिठ पनि हुन् । स्वस्थानी ब्रतकथाका अनुसार यो स्थानमा सतीदेबीको योनी पतन भएको स्थान भएकाले यसको ठूलो महत्व छ । यस मन्दिरमा बलीदिइएका बोकाको मासुसमेत पकाएर प्रसादका रूपमा बितरण गरिंदो रहेछ । यो अनौठो परम्परा देख्दा ऊ छक्क पर्छ ।
द्रब्ये च सर्बे बस
कामाख्या माताको दर्शनका क्रममा उसले एउटा अनौठो दृष्य देख्यो । उसको अगाडि दर्शनमा लाइनमा बसेकी महिला उसैसंग गएकी महिला थिईन् । सबैले दस, बीस, पचास, भेटी चढाएर दर्शन गरिरहेका थिए । पुजारीले तिनलाई मुस्किलले दुई, तीन सेकेन्ड भन्दा समय दिंदैनथे । धकेलेर पठाई हाल्थे तर ती महिलाले शुरूमै एकसयको भेटी चढाएकाले पुजारीले टाउको थपथपायो । पिठ्युंमा धाप मार्यो । उनले अर्को सय फ्यांकिन । त्यसपछि त पुजारीले माला लगाईदियो । जल दियो । कानमा मन्त्र सुनायो । पांच छ जनाले दर्शन गरेर भ्याउने समय ती महिलाको द्रब्यले किन्यो । महिलाले मज्जाले दर्शन गरिन ।
दर्शनको कार्यक्रम पछि यो चर्चाको बिषय बन्यो । हांसो मजाक पनि चल्यो । तर ति महिलाले यसलाई आफ्नो इन्सल्टका रूपमा लिइन र सबै संग बाझ्न थालिन् । बाझ्नु उनको मौलिक चरित्र । ऊ यो दृष्यलाई नजिकैबाट नियाली रहेकोछ । ऊ संग भने त्यतिबेला सम्म संबन्ध सामान्य नै छ । त्यो दिन ऊ कामाख्यामै बस्छ र त्यस छेउँछाउँका घुम्न लायक ठाउं घुमी भोलि बिहानै त्यहांबाट प्रस्थान गर्छ ।
दोस्रो पटक स्टिमरको यात्रा
ऊ जीबनमा पहिलो पटक गंगासागर जांदा स्टिमर चढेको थियो । यसपटक ऊ दोस्रो पटक स्टिमर चढ्यो । ब्रम्हपुत्र नदीको बीचमा एउटा टापु रहेछ । त्यो टापुमा उमा महेश्वरको मन्दिर रहेछ । त्यो मंन्दिर दर्शन गर्न स्टिमर चढेर जानु पर्दो रहेछ । स्टिमर चढेर ऊसले उमा महेश्वरको दर्शन गर्यो । फर्किदा लंगुर बांदरसंग जम्काभेट भयो । त्यो साह्रै सोझो रहेछ । संगै बसेर फोटो सेसन गर्न समेत दियो ।
परशुराम कुण्डको यात्रा
कामाख्या र उमा महेश्वरको दर्शन पछि ऊ परशुराम कुण्ड तर्फ लाग्यो । त्यहां पुग्न उसलाई सातसय किलोमिटर यात्रा तयगर्नु पर्यो । यात्राको सातौं दिनमा ऊ परशुराम कुण्ड पुग्यो । यात्रादलका सबैले कुण्डमा स्नान गरे तर उसले स्नान गरेन किनकी ऊ धार्मिक यात्रीका रूपमा गएको नभइ धार्मिक पर्यटकका रूपमा हिंडेको छ । अवलोकन गर्छ, टिपोट लेख्छ । यहिनै उसको उद्देश्य हो ।
धार्मिक कथानानुसार परशुराम कुण्ड भनेको जमदग्नी ऋषिका पुत्र परशुरामले मातृ हत्या र भातृ हत्याको पापबाट मुक्ति प्राप्त गर्नका लागि ब्रम्हपुत्र र मानसरोबरको संगममा अवस्थित कुण्डमा स्नान गरी मुक्ति प्राप्त गरेको स्थान हो । मानसरोबरबाट बगेर आएको नदी र ब्रम्हपुत्र नदी मिसिएर बनेको कुण्डमा परशुरामले स्नान गरी आफ्नो फर्साले काटी नदीको निकास दिएपछि ब्रम्हपुत्र नदी बनेको भन्ने भनाईछ ।
परशुराम कुण्ड स्नान पछि ऊ जुनबाटोबाट गएको थियो सोहि बाटो हुंदै फर्किने कार्यक्रम छ । ऊ आसामको तीनसुकिया धर्मशालामा आएर बास बस्यो । उसको आगामी कार्यक्रम सिक्किम ग्यान्टोक, दार्जिलि∙, कालि∙पोंग, इलाम, पाथीभरा घुमघाम रहेको छ । तीनसुकियाको बिश्राम पछि ऊ पश्चिम बंगालको डुअर्समा आएर एक भुटीया जनजातीको घरमा बासबस्यो । बासस्थान पुग्नु अघि ऊ चिया पिउनको लागि एउटा रेस्टुरेन्टमा बसेको थियो । सिमसिम पानी परिरहेको थियो । चिसो मौसम थियो । एकठाउंमा गाडी अडिएको थियो । कोही दुईकप, कोही तीनकप, त कोही कोहीले चारकपसम्म चिया पिएका थिए । ऊ पनि एक कप चिया पिउंदै एक्लै बसेर डुअर्सको लमतन्न फैलिएको चिया बगान नियाल्यो ।
डुअर्शमा बासबसेको भोलिपल्ट ऊ टिस्टापुललाई तीन पटक पारगर्दै सिक्किम पुग्यो । सिक्किममा पाच सात बर्ष अघिमात्रै निर्माण गरिएका चारधाम, द्वादश ज्योतिर्लिंग, शिव र बुद्धका भिमकाय मूर्तिको दर्शन गर्यो र त्यो दिन सिक्किममै बास बस्यो । भोलि पल्ट कालिंगपोंग, ग्यान्टोक र दार्जिलि∙ घुमघाम गरि दार्जिलि∙मै बास बस्यो ।
नेपाल जस्तो सम्पदाका दृष्टिले सम्पन्न मुलुकको बासिन्दा उसलाई सिक्किम दार्जिलि∙, कालि∙पों∙ले आकर्षित गर्न सकेनन बरू निर्धारित समय भन्दा एकदिन अगावै नेपाल फर्केर इलाममा बास बस्यो । ईलामको कन्याम, फिक्कलले उसलाई लोभ्यायो । पांचथरको फिदिमले लोभ्यायो । तेह्रथुमको पाथिभराले लोभ्यायो । ईलामबाट बिहानै हिडेको ऊ काबेली खोलामा स्नान गरी त्यहिं खाना खाइवरी पाथिभराका लागि प्रस्थान गर्यो र सुकेटार गएर आफ्नो गाडी त्यहिं छाडेर भाडाको ट्याक्सी समाती तल्लो फेदी तर्फ लाग्यो । तल्लो फेदीमा ट्याक्सी छाडी ऊ उपल्लो फेदीमा गएर बास बस्यो । चैत मांसको महिनामा पाथिभरा माताको काखमा भएको चिसोले त उसलाई एकछिन तर्सायो पनि । राति दुईवटा सिरक र एउटा कंबल ओढन नपाएको भए उसले बाउको बिहे देख्दो हो ।
पाथीभरा माताको दर्शन :
उपल्लो फेदीबाट सखारै कालो चिया पिएर उकालो लागेको ऊ ठीक दुई घंटामा माताको मन्दिरमा पुग्यो । पन्ध्र बीस मिनेट माताको पूजाआजा गरि सुस्ताएको मात्र के थियो मौसम बिग्रिदै गयो । चिसो स्यांट चल्न थाल्यो । हुस्सुले ढाक्यो । ऊ तर्सियो र ओरालो लाग्यो । ऊक्लिंदा दुईघन्टामा उक्लेको ऊ ओर्लिंदा एकघन्टामै ओर्लिलो र राती बास बसेकै ठाउंमा आएर खानाखायो । मौसम झन झन बिग्रिदै गयो । उसलाई बस्न मन लागेन र त्यहांबाट पनि ओरालो लाग्यो । उक्लिदा एक घण्टामा उक्लेको उसलाई ओर्लिंदा आधा घन्टा मात्रै लाग्यो । ट्याक्सीको कमिका कारण चार घन्टा ऊ तल्लो फेदीमै बस्न बाध्य भयो । चार बजे लल्लोफेदीबाट हिडेको ऊ सुकेटार आएर बास बस्यो ।
रातीबाटै मौसम बिग्रिदै गयो । पानी पर्न थाल्यो । हावा हुरी चल्न थाल्यो । सुन्नमा आयो पाथीभरामा ब्यापक हिमपात भएछ । हिंजो दर्शन गर्न नभ्याएको भए पाथीभरा माताको दर्शन गर्ने उसको इच्छा अधुरै रहने रहेछ । ग्यान्टोकको बसाईलाई कटौती गरेर उसले ठिकै गरेछ ।
सुकेटारबाट हिंडेको ऊ झापाको अर्जुनधारा स्थित मन्दिर परिसरमा आएर बास बस्यो । असिना पानीले बिर्तामोंडलाई पनि नराम्ररी क्षतिपुर्याएको रहेछ । मन्दिरका पुजारी अग्नी गुरू र ब्यवस्थापक मनोज जोसीका कृपाले त्यहांको बसाइ सुखद बन्यो । भोलिपल्ट सखारै हिंडेको ऊ राति नौ बजे सोह्रौ दिनमा घर भित्रियो । त्यो ऊ पात्र अरू कोहि नभई यसै स्तम्भको स्तम्भकार थियो ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
par de acertijos pueden afirmar que tienen este tipo de un...
Local men whom share your interests and values Single men in my area...
what’s lesbian chat live? Lesbian chat live is a live online chat solution...
The benefits of making use of dating apps for plus size women There...
Site Details: Kosten: $ 29.95 für a 1...