आशिष श्रेष्ठको राष्ट्रिय गित बजारमा 

-- The NTA / प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७३
11025274_929244730419492_1674018549064289241_o
अस्ट्रलियालाई कर्म भूमि बनाएर संगीत साधनामा सक्रिय आशिष श्रेष्ठले हालै अर्को कर्ण प्रिय राष्ट्र प्रेमले ओत प्रोत राष्ट्रिय गित आफ्ना श्रोताहरु माझ ल्याएका छन् । उठ जाग नेपाली बोलको उक्त राष्ट्रिय गितको स्वर संगति र रचना स्वयम आशिष श्रेष्ठ हुन् ।  निकै मन छुने दृश्य सहित छायांकन गरिएको उक्त गितको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । कौशल दीक्षितको परिकल्पना र मोहित मुनाल एरेन्जर रहेको उक्त गितको अडियो प्रोडक्सन शाइन प्रोडक्सनले गरेको हो ।
“टुटेको छैनौ नेपाली हामी, एकता हाम्रो ठुलो छ, उठ जाग नेपाली हो देशको मुहार फेर्नु छ , देश बनाउने हामी नै हौ देश को भाग्य कोर्नु छ ” जस्ता अति राष्ट्र प्रेम ले भरिएको यस गित सुनेर हेरेर सुझाब दिन पनि गायक आशिष श्रेष्ठले अनुरोध गरेका छन् ।
गित  http://youtu.be/2S8erkvNhBs  यो लिंक मा गएर हेर्न सकिनेछ।
aashish ko geet