संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय

-- / प्रकाशित मिति : बुधबार, जेष्ठ ५, २०७३

Strike_1संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको बैठकले उपत्यकाका भित्री सहरमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको बैठकले उपत्यकाको लगनखेल, किर्तिपुर, भक्तपुर, बालाजु लगायतका ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । फोरम नेता अशोक राईले बुधबार दिउँसो रत्नपार्कमा हुने कोणसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा हुने जानकारी दिए ।

यसैगरी गठबन्धनले जेठ १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि सभा र प्रदर्शन गर्ने जनाएको छ । बैठकमा गठबन्धन परिचालन समितिका २९ दल सहभागी थिए । संघीय गठवन्धनमा मधेसी मोर्चा र जनजाति दलहरु छन् ।