तनहुँ सांगेतिक साँझ अन्तिम तयारीमा 

-- The NTA / प्रकाशित मिति : सोमवार, जेष्ठ १०, २०७३

Tanahu samaj‘सुगमको सहयोग-दुर्गममा शिक्षा’ भन्ने सन्देश सहित तनहुँ समाज अस्ट्रेलियाले आयोजना गरेको तनहुँ सांगेतिक साँझको सम्पूर्ण तयारी पुरा भएको छ । आउने शनिबार मे २८ का साँझ सिड्नीको केन्द्रमा रहेको  वेज्ली थिएटरमा साँझ ६ बजे देखि १० बजे सम्म चल्ने उक्त कार्यक्रम लोक गीत र आधुनिक नृत्य लगाएत बिबिध मनोरन्जनात्मक प्रहसनले भरि पूर्ण रहने सँस्थाका सचिब सुर्य खनालले बताएका छन् ।  संस्थाका अध्यक्ष परशुराम अधिकारीका अनुसार बिकशित मुलुकमा रहेका हामीहरुले देशको लागि गर्न सक्ने धेरै कुरा हरु छन् त्यो मध्ये शिक्षा यस्तो क्षेत्र हो जसको लगानी र उपदेयता कहिल्यै पनि सकिदैन । त्यसैले एकतिर मनोरन्जन अर्को तिर पूर्ण परोपकारी यस कार्यक्रममा आएर पूर्ण मनोरंजन लिदै परोपकारी अभियानको एक हिस्सा बन्न पनि अधिकारीले सबै नेपाली दाजु भाई दिदि बैनीहरुलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा नेपाली लोक गीतका स्रष्टा र अभिभाबकको रुपमा चिनिने लोक गायक प्रेमराजा महत त्यस्तै अर्की गायिका शान्ति भण्डारी र चर्चित नायिका प्रियंका कार्कीले आ-आफ्ना लोकप्रिय गित नृत्य र प्रहसनले उक्त साँझ रंगिन बनाउने छन् । सहयोग स्वरूप टिकट डर २५ डलर रखिएको उक्त कार्यक्रमको धेरै भन्दा धेरै टिकटहरु बिक्रि भइ सकेकाले अन्तिम समयलाई न-साची पहिले नै टिकट लिई दिनु हुन पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । टिकट र कर्यक्रम सम्बन्धि थप जानकारीका लागि सुर्य-  ०४३२ ६६१ ७०२, सुदिप- ०४२१ ४६०३३५, महेन्द्र – ०४३२ ५५७ ०५९ वा दामोदर- ०४३३ ०१५ ७८७  सम्पर्क गर्न बिनम्र अनुरोध गरिएको छ ।