दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने

-- / प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७३

दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् ।

अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ ।

अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्ने बताएको छ । अमेरिकी सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रम देखाउनेसमेत जनाएको छ ।

सेनाले पटकपटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरेको छ । अमेरिकी सेनाको टोली सोमबार नै सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ ।

सेनाले १७ देखि ३२ गतेसम्म त्यहाँ कार्य गर्ने जनाएको हो । आज १३ जनाको टोली दोलखा आएको छ भने अन्य २६ जना दुईपटक गरेर आउने अमेरिकी सेनाले बताएको छ ।