इन्धन ल्याउन १२ ट्यांकर केरुङ प्रस्थान
काठमाडौं । चीनले उपलब्ध गराउने इन्धन लिने नेपाल आयल निगमले १२ वटा ट्यांकर केरुङ पठाएको छ ।
नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रमा रहेका १२ हजार लिटर क्षमता भएका १२ वटा ट्यांकर शुक्रबार बिहान त्यसतर्फ पठाएको हो । अन्य ट्यांकर भने शनिबार पठाइने आयल निगमले जनाएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपालले पहिलो पटक छिमेकी राष्ट्र चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति गरे बमोजिम आयल निगमका ट्यांकर चीन तर्फ पठाएको हो ।
निगमका पदाधिकारीहरुले चीनबाट इन्धन ल्याउनका लागि पठाइएका ट्यांकरको पूजाआजा गरी चालकहरुलाई टीका लगाएर बिदा गरेका छन् ।
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...