विकिपीडिया कत्तिको विश्वासिलो ?

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, असार ९, २०७३

विकिपीडियाले हामी धेरैको काम सहज बनँइदिएको छ । विकिपीडियामार्फत हामी आफूलाई आवश्यक सूचना खोज्छौं । यद्धिपि विकिपीडियामा हुने जानकारीलाई पूर्ण रुपमा विश्वास भने गर्न सकिँदैन, किनभने विकिपीडिया पेजलाई जसले पनि सम्पादन गरेर जनकारी राखिदिन सक्छ । कतिपय अवस्थामा विकिपीडियामा निर्भर पर्न‘ गलत पनि हुनसक्छ । सबै विषयमा भने यस्तो भन्न पनि सकिंदैन । विकिपीडिया पेजमा हरियो रंङमा क्रस देखिन्छ भने त्यो पेजमा भएको जानकारीलाई बढी विश्वास गर्न सकिन्छ । विश्वसनीय ठाउँबाट लिएर राखिएको जानकारीको पेजमा यस्तो क्रस राख्ने गरिन्छ । विकिपीडियाको स्टार संकेत रहेको पेज पनि छ । यसलाई विकिपीडियाको सबैभन्दा विश्वसनीय पेज मानिन्छ । यसको सम्पादन गर्न निकै समय लाग्छ । विकिपीडियामा विश्वभरीका २ सय ९३ भाषामा जानकारीको लागि इनसाक्लोपीडिया तयार पारिएको छ । यो संसारको सबैभन्दा ठूलो इनसाक्लोपीडिया पनि हो ।