साउथ अष्ट्रेलियाका नेपालीले घुमे संसद भवन

-- The NTA / प्रकाशित मिति : शुक्रबार, असार ३, २०७३
south aus parlimentसाउथ अष्ट्रेलियामा रहेका नेपालीहरुले यहाँ स्थित एक सांसदको निमन्त्रणमा संसद भवनको औपचारिक भ्रमण गर्ने र त्यहाको बारेमा जानकारी लिने अवसर पाएका छन् । साउथ अष्ट्रेलियाको सिनेटकी सांसद जिङ्ग लीको  निमन्त्रणमा करिब २० जना नेपालीहरुले गत जुन २ का दिन संसद भवनको भ्रमण गरेका हुन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको अगुवाईमा भएको उक्त कार्यक्रममा एनआरएनए अष्ट्रेलिया, नेपाली बिद्यालय, झापाली समाज, बोतल फर स्कुल लगायतका बिभिन्न् सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको एनआरएन साउथ अष्ट्रेलियाका सचिव नबिन पन्तले जानकारी दिए । आफुहरुले संसदीय प्रक्रिया, सांसदहरुको जिम्मेवारी लगायतको बारेमा संसद भवनभित्रै गएर जानकारी लिने अवसर पाएको उनले जानकारी दिए ।
सानो जनसंख्या भएपनि सामाजिक रुपमा राम्रो स्थान बनाउदै आएका स्थानीय नेपालीहरुलाई सांसदले नै औपचारिक रुपमा संसद भवनमा बोलाएर २ घण्टाबढीको जानकारी भ्रमण गराएको अगुवाई गरिरहेको समाजका अध्यक्ष बिकास शर्मा पोखरेलले जानकारी दिए । सांसद जिङ्ग लीले औपचारिक रुपमा भ्रमणको निम्तो दिएर संसद भवनको परिचय दिनुका साथै सांसदहरुको जिम्मेवारी, कानुन निर्माण प्रक्रिया र संसदीय प्रणाली लगायतका बारेमा जानकारी गराएको उनले बताए ।
सांसद लीले संसद भवनको सभाकक्षमा सहभागी नेपालीहरुका लागि खाजानास्तास“गै आपसी छलफलको समेत कार्यक्रम राखेकी थिईन् । करिब १ घण्टा चलेको उक्त अन्तरक्रियामा उनले भ्रमणमा आएका नेपालीहरुसग सल्लाह र सुझाव समेत मागेकी थिईन् । उनले नेपालीहरु मेहनती र इमान्दार भएको बताउदै अष्ट्रेलियामा पुरयाएको योगदानको प्रशंसा समेत गरेकी थिईन् । south australia parliment 1
अन्तरक्रिया पश्चात सांसद लीले माथिल्लो सभा र तल्लो सभास्थलमा लगेर सबै नेपालीहरुलाई भवनको इतिहास मन्त्री र सांसदहरुले गर्ने काम कारवाहीको बारेमा जानकारी दिएकी थिइन् । उनले भ्रमणका क्रममा नेपालीहरुसँग कुनै गुनासो र सुधारका लागि सुझावहरु भए दिनका लागि आग्रह गरेकी थिईन् ।
कार्यक्रममा सहभागिता जनाएका एनआरएनए साउथ अष्ट्रेलियाका उपाधक्ष्य नारायणकाजी गुरुङले नेपालीहरुले सांसदको औपचारिक निमन्त्रणा पाएर संसद भवन भ्रमण गर्न पाउनु आफ्नो लागि गर्वको बिषय भएको बताए । भ्रमणमा सहभागी नेपाली पाठशालाकी पिन्सिपल मञ्जु खडकाले पनि संसद भवनको औपचारिक भ्रमण गर्न पाउनुले नेपाली समुदायप्रति यहा“को राजनीतिज्ञहरुको माया र विश्वास प्रष्ट भएको बताईन् ।