एनआरएनए अष्ट्रेलिया छैठौं महाधिवेशनको चटारोमा

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

अहिलेको संसार निक्कै सानो छ, प्रविधिले आजको बिश्वलाई निक्कै सानो बनाएको छ हामीमध्ये धेरैले धेरै पटक पढेको सुनेको बाक्य हो । हुन पनि हो, जो प्रविधिसंग नजिक छ र प्रविधि उपयोग गर्ने हैसियत राख्दछ उसको लागि दुरी अब ठूलो कुरो रहेन, बिश्वको जुन कुनाको पनि सूचना छिनभरमै पाउनु अब सामान्य रह्यो । यसैको पछिल्लो उदाहरण लिन सक्छौ गत महिना नेपालमा गएको भुकम्प, त्यसलाई बिश्वका परोपकारीहरूले पुऱ्याएको सहयोग र विश्व मिडियामा प्रत्येक मिनेट मिनेटमा हुने अपडेट । त्यसको मतलब हामी अब कोहि कसैसंग टाढा छैनौ र हामीले आफुलाई टाढा मान्नु पनि हुदैन । बिबिध परिस्थिति,उद्देश्य र भविष्य खोज्दै हामीले देश छोड्यौ, बिश्वभर छरिएर रहेका हामीहरूलाई भावनात्मक रुपमा नजिकाइदिएको छ गैर आबासीय नेपाली संघ अर्थात् एनआरएनएको बिश्व संजालले । अझ यसलाई संजाल भन्नु भन्दा पनि चौतारी भन्नु बेस होला, हो यहि चौतारीबाट हामी हाम्रो मातृभूमिको लागि सकेको गर्न सक्दछौ, गरि रहेका छौ र गर्ने छौ । त्यसैले देश छोडियो, टाढा भइयो, हामी परदेशी जस्ता नकारात्मक भाबका कुरा हामीले अब कमै गरेको राम्रो । किन कि इच्छाशक्ति दह्रो बनाउने हो भने हामीले गर्न सक्ने धेरै छ र हाम्रो हरेक कदममा साथ दिने धेरै संस्था छन् । अनि प्रतिनिधिमुलक संस्था बनेर बिश्वभरका नेपालीलाई एउटै झन्डामा गोलबन्द गर्ने प्रयासरत छ एनआरएनए । बिश्वका ६ दर्जन भन्दा धेरै देशमा फैलिएको यो संस्थाको अष्ट्रेलियाको शाखा अर्थात् एनआरएनए अष्ट्रेलिया बिश्व संजाल मै निक्कै क्रियाशील र छुटै पहिचानसहित रहेको छ । त्यसको मतलब हामीहरू झन् जिम्मेवार छौ र हामीले धेरै कुरामा गर्ब गर्ने ठाउँहरू छन् । र यहि संस्थाको छैठौ राष्ट्रिय मधिबेशनको सेरोफेरोमा हामी सबै यति बेला कुनै न कुनै रुपमा जोडिएका छौ । आज भन्दा निकै बर्ष अगाडी रुसलाई कर्मभूमि बनाएका उपेन्द्र महतोले परिकल्पना गरेको यो संस्थाले स्थापना को डेढ दशकमा आफ्नो जन्मभुमिको लागि जति गर्यो त्यति सायदै डायस्पोराका अरु कुनै संस्थाले गरे हुन् । अर्कोतिर अष्ट्रेलियाले सुरुकै दिन देखि यो अभियानमा सक्रिय भूमिका निभायो, सन् २००५ बाट सिड्नीको एस्फिल्ड पार्कबाट सुरु भएको एनआरएनए अष्ट्रेलियाको अभियान आहिले प्रत्येक स्टेट र शहरहरूमा शसक्त छ, त्यसैको उदाहरण हो पछिल्लो समय हामीले गरेको परोपकारिता र छोटो समयको अनुरोधमै भुकम्प पीडितको लागि अष्ट्रेलियाभरबाट स्वत स्फुर्त रुपमा एकाकार भएको परोपकरी मनहरू ।

एनआरएनए अष्ट्रेलियाको पुर्ब घोषित कार्यतालिका अनुसार जुलाई ४ मा सबै स्टेटहरूमा नेतृत्व छनोटको लागि चुनाब र जुलाई २६ मा छठौ राष्ट्रिय अधिबेशन पश्चात यो संस्थाले आगामी २०१५ (२०१७ का लागि फ्रेस नेतृत्वसहित नयाँ कार्य योजनामा नयाँ उर्जासहित अगाडी बढ्ने छ । आगामी नयाँ नेतृत्व र तिनका नयाँ कार्य योजनासहित हामी हाम्रा पाठकहरू माझ आउने छौ नै । अहिलेलाई फेरि निर्बाचनको सेरोफेरो र बिगतमा संस्थाले गरेका काम तिर फर्कौ । निर्बाचन भन्ना साथ प्रतिस्पर्धा पक्ष विपक्ष हुनु स्वभाबिक हो तैपनि यो प्रतिस्पर्धा स्वस्थ होस, मित्रबत होस, किनकि भोलि हार जितपश्चात हामी सबै एक अर्काको पुरक नबनि समुदायको हितमा काम गर्न नसकिने कुरा घाम झै छर्लंग छ । तैपनि बिगत केहि बर्षदेखिको संस्थाको सदस्यता बितरण, निर्बाचन प्रक्रिया र निर्बाचनमा देखिने पक्ष विपक्ष र प्यानलिंग साँच्चि नै धेरैको मन दुखेको धेरै प्रश्नहरू उठेको छ । हाम्रो सामजिक सद्भाबमा तिक्तता आएको हो कि भन्ने संशय उठ्नु स्वाभाविक हो । आफ्नो पारिबारिक समय, आफुले सकेको वा आफुसंग भएको सीप धेर थोर आर्थिक सर सहयोग गर्न भनेर संस्थाको नेतृत्वमा जानेहरू बिच देखिएको यो अबाञ्छनिय प्रतिस्प्रर्धा शोभनीय छैन । एनआरएनए अष्ट्रेलियाले बिगतमा गरेका र भविष्यमा निरन्तरता दिने भनेका कयौ कार्य योजना र पोजेक्टहरू निक्कै सह्रानिय र उच्च मुल्यांकन गरिनुपर्ने खालका छन् । जुन संस्थाको स्थापना कालदेखि हालसम्म संस्थामा बिबिध तरिकाले सहभागी हुदै यसलाई अभियान कै रुपमा लैजाने सबै अग्रज र नेपाली समुदायका सबैको सहयोगले मात्र यो सम्भब भएको हो । बिगतका एनआरएनए अष्ट्रेलियाका केहि छुटाउनै नहुने प्रोजेक्टहरूमा परोपकरी कोष, एनआरएनए बिजिनेस काउन्सिल, एनआरएनए च्यारिटी, एनआरएनए हेल्प डेस्क, एनआरएनए बुकलेट, स्किल नलेज र इनोभेसन ट्रान्सफर, फन्ड राइजिङ्ग, सूचना प्रविधी कमिटि, नेपाल फेस्टिभल जस्ता प्रोजेक्टहरूले हामी गफ मात्रै गरिरहेका छैनौ जन्म भूमिको लागि केहि गर्दै पनि छौ भन्ने स्पष्ट सन्देश दिन्छ । त्यसै गरि कम्तिमा हामीले बुझ्यौ शिक्षा नै धेरै समस्याको समाधान हो त्यसैले एनआरएनए अष्ट्रेलियाले गरेका धेरै कार्यहरूमध्ये बिद्यार्थी छात्रवृति अर्को सह्रानीय प्रोजेक्ट हो ।

शिक्षा र स्वस्थ नै योग्य नागरिक र भोलिका नेपालका भबिश्य हाँक्न सक्ने आधारशिला हुन् । त्यसै गरि एनआरएनए अष्ट्रेलियाको भगिनी संस्थाको रुपमा सक्रिय नारी निकुञ्ज अष्ट्रेलियाको महिला स्वस्थ क्षेत्रमा गरेको कार्य पनि यहाँ बिर्सन नहुने कार्य हो । त्यसो त हालै गएको महाभूकम्पले गर्दा बिगतका प्रोजेक्टहरूलाई सकेसम्म निरन्तरता दिदै राष्ट्र निर्माणको हिस्सामा समाहित हुनु पर्ने अबको हामी सबैको आबश्यकता हो । अष्ट्रेलियाबासी हामी सबैले गर्ब गरौ नेपालीहरूको अत्यधिक बसोबास रहेका भनिने युरोप अमेरिका र बेलायतमा भन्दा स्थापनाकालदेखि नै एनआरएनए अष्ट्रेलिया सदस्य सुभचिन्तकले धनि रहदै आयो र यसको निरन्तरता दिन उल्लेखित प्रोजेक्टहरू र भबिस्यमा भुकम्प पछिको पुनर्निर्माणमा यहाँका नेपालीहरूको साथ र समर्थन नै पयाप्त छ भन्दा फरक नपर्ला । त्यसो त अत्याधिक बिद्यार्थीको संख्या रहेको अष्ट्रेलियामा बिद्यार्थी र भर्खरै अध्यान सकेकाहरूको लागि एनआरएनएले यो पटक सदस्य बन्नका लागि ढोका बन्द गर्यो, जुन निक्कै दुखद रह्यो जसले सधै अग्र भागमा रहेर यहाँका बिबिध कार्यक्रममा सहभागी रहने ठुलो समुह निरास बनेको छ । त्यसैले पनि भलै उनीहरू एनआरएनएको परिभाषा भित्र नपरुन तर उनीहरूलाई अभिभावकत्व दिन सक्नु अबको नेतृत्वको जिम्मेबारी हो । साधारणतय सधै परिबर्तन भइ रहने यहाँको आप्रबासी इमिग्रेसन नियम, भर्खरै अध्ययान सकेका लागि करियर डेभलप्मेण्टका सल्लाह र सुझाब, दुख सुखमा उनीहरूप्रति ऐक्यवद्धता  र युवा जनशक्तिलाई खेलको मध्यमबाट भाइचरा बढाउने मात्र गर्न सके बिदेशी भूमिमा हाम्रा बिधार्थी भाईबहिनिहरूले सधै अभिभावकत्व महशुस गरि रहनेछन । अन्त्यमा, अर्कोतिर हामी सामाजिक प्राणी हौ, आफ्ना न्यूनतम् आबश्यकताहरू पूर्ति गरिसके पछाडी समाजको लागि केहि दिनु, केहि गर्नु हाम्रो सामाजिक दायित्व पनि हो । त्यसैले पनि आफ्नो र परिबारको समय बचाएर सामाजिक संस्थामार्फत समाज सेवामा लाग्छु भन्ने सबै धन्यबादका पात्र छन् । मात्र कुरो प्रक्रिया को हो, हामी बीचको सद्भाब सामाजिक भावना कहिल्यै न भात्कोस न बिग्रियोस । नबिर्सौ अहिलेको यो दौड हाम्रो सुरुवात हो र दौडका हामी सहपाठी देश छोडेको पहिलो पुस्ता हौ, हामीले हाम्रो कला संस्कृति रहन सहन र पहिचान दोश्रो पुस्तामा जोगाउनु छ । जसरि हामीले यहाँ बसेर देशको लागि गर्न सक्ने बिबिध प्रोजेक्टहरूका कुरा माथि गऱ्यौ ।

त्यसै गरि यहि बसेर आउने पुस्तालाई ‘हामी नेपाली हाम्रो नेपाल’ भनेर चिनाउन एनआरएनएको यो चौतारी उपयोग गर्न सक्नु पर्दछ र गरौ । यो त्यति बेला मात्र सम्भब छ जति बेला हामीले उतैबाट आयातित भिन्न भिन्न परिचय छोडेर मात्र नेपाल र नेपाली परिचयमा रमाउन सक्छौ । त्यो अभियान हामी सबैले खुद आफैबाटै शुरु गरौ आजैबाट सुरु गरौ । बिदेशी भूमिमा सहकार्यको मुलमन्त्रलाई हामी सधै आत्मसाथ गरौ, सकारात्मक सोचको विकास गरौ । एनआरएनए अष्ट्रेलियाको आउदै गरेको अधिबेशन सफल रहोस् हामीबीचको भावनात्मक एकता कहिल्यै छिन्न भिन्न नबनोस् ।