चिलीले जित्यो कोपा अमेरिका

-- / प्रकाशित मिति : सोमवार, असार १३, २०७३

Chili
अमेरिका—नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा चिली विजयी भएको छ । आज बिहान अमेरिकाको मेटलाइफमा भएको उपाधी भिडन्तमा अर्जेन्टिनालाइ ट्राइब्रेकरमा पराजित गर्दै चिलीले दोस्रो पटक उपाधि आफ्नो देशमा भित्राएको हो । निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीका एक एक खेलाडी रातो कार्ड खाएर मैदान छाडेका थिए । अर्जेन्टिनामा रोजो र चिलीका रोजासलाई रेफ्रिले रातोकार्ड देखाएका थिए । अतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
मेस्सी र चिलीका भिडाल पेनाल्टीमा चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।