तिज मनाउन करिष्मा र मेलिना सिड्नि आउंदै

-- The NTA / प्रकाशित मिति : बिहिबार, असार १६, २०७३

teej celebration with karishmaतिज आउन अझै केहि समय बाँकी छ तर पनि अष्ट्रेलियाको नेपाली समुदायमा तिजको चहलपहल सुरु भैसकेको छ । तिजलाई नै लक्षित गरेर बिभिन्न कार्यक्रमहरु तय भैसकेका छन भने अझै केहि घोषणा हुन बाँकी छन । यसै सन्दर्भमा सिड्निको रकडेलमा अबस्थित नेपमार्टले नेपाली टचको सहकार्यमा तिज कार्यक्रमको आयोजना गरेको छ । यही जुलाई १७ तारिखका दिन हर्सभिलको मरना अडिटरियममा सांझ ६ बजेदेखि कार्यक्रम तय गरिएको छ । कार्यक्रमकोलागि नेपालकी सदाबहार नायिका करिष्मा मानन्धर र सुमधुर स्वरकी गायिका मेलिना राई अष्ट्रेलिया आउंदै छन् ।

लाइभ डिजे, फेशन शो, बिबिध सांस्कृतिक गायन तथा प्रहसन, लक्कि ड्र साथै स्थानिय प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण रहेको आयोजक न्यान्सि पुनले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभयो ।  कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि न्यान्सि  ०४०३ ७९८ ०१०, दिपेश ०४३१ ५५३ ६२९ वा सोना  ०४२० ८५३ ४०४  लाई  सम्पर्क गर्न सकिनेछ ।