पर्यटक खोज्न अमेरिका

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, साउन ६, २०७३

USA_Tourism_1संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा १७ सदस्यीय एउटा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल अमेरिकी पर्यटक नेपाल भित्राउने उद्देश्यका साथ अमेरिका पुगेको छ । नेपालमा पर्यटन प्रवद्र्धनका लागि उक्त टोलीले ई टर्बो नामको सडक प्रदर्शनीमा विज्ञ संस्थालाई ठेक्का दिइएको छ । ई टर्बोले नेपाली सांस्कृतिक झाँकी, एडभेञ्चर ट्रेकिङ, प्याराग्लाइडिङ, आध्यात्मिक सभा आदि आयोजना गरेर नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको जानकारी गराउने छ । सडक प्रदर्शनी गत जुन २० मा डेनभरमा, २१ मा फोनिक्सम , २३ मा एलए लङबीच, २४ मा सनफ्रान्सिस्को र जुन २७ मा सियाटलमा सम्पन्न गरेको छ । सन फ्रान्सिस्कोमा विशाल पर्यटन कार्यक्रम सबैभन्दा प्रभावकारी रहेको बताइन्छ ।