अमेरिकामा पहिलो सम्मेलन

-- NTA REP. / प्रकाशित मिति : शनिबार, साउन ८, २०७३

nepalese_-american_conventionनेपाली युवाहरुको सक्रियताअथक प्रयासले यही जुलाई २ देखि ४ सम्म पहिलो नेप्लीज–अमेरिकन कन्भेन्सन (सम्मेलन) आयोजना गरिँदैछ । सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुवेदीले सम्मेलनको बन्दोबस्त पुरा भएको जानकारी दिँदै बास बस्ने होटलका सबै कोठाहरु बिक्रि भै सकेको जनाएका छन् । सम्मेलनकी प्रस्तोता फिल्म अभिनेत्री प्रियंका कार्की जुन २९ कै दिन अमेरिका पुगिसकेकी छिन् । युवाहरुलाई उत्प्रेरणा गर्न नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा, नेपाल प्रहरीका वरिष्ट प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, संजिता प्रधान तथा अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुँदैछन् । सम्मेलनमा डिक्की, हेमन्त राना, फिरोज स्याङ्गदेन, राजेन्द्र कर्ण, प्रज्वल बज्राचार्य, बिपुल छेत्री, दिवस गुरुङ तथा निकी कार्कीले सांगीतिक प्रस्तुत दिनेछन् । यसबाहेक सम्मेलनमा बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, खेलकुद, गोष्ठी, व्यापार प्रदर्शन समेत सञ्चालन हुने बताइन्छ  ।